इन्सेकको अर्धवार्षिक समिक्षा सम्पन्न
इन्सेकको अर्धवार्षिक समिक्षा सम्पन्न
गोरखा ः अनौपचारी क्षेत्र सेवा केन्द्र(इन्सेक)ले नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२६ का लागि संकलन गरेको घटनाहरुको अर्धवार्षिक समिक्षा गरेको छ ।
गत पौष १७ देखि असार सम्म संकलन गरिएका घटनाहरुको पुर्व समिक्षा कार्यक्रममा प्रस्तुत गरिएको थियो । इन्सेकले ६ महिनाको अवधिमा बाल अधिकार अन्तरगत बलत्कार, वलत्कार प्रयास र यौन दुब्र्यवहारका ६ घटना अभिलेख गरेको छ । महिला विरुद्घ हुने सवै प्रकारका भेदभाव दुब्र्यवहार अन्तरगत बलत्कार, वलत्कार प्रयास र यौन दुब्र्यवहारका १ तथा आत्महत्या दुरुत्साहनको १ घटना अभिलेख भएको छ । कार्यक्रमका वक्ताहरुले आर्थिक सामाजिक सास्कृतिक अधिकारका विषयवस्तु छायाँमा परेको बताएका थिए । जिल्लाको समग्र मानव अधिकारको विषयवस्तुको वारेमा वुझ्नका लागि मानव अधिकार वर्षपुस्तक सहयोगी वनेको पनि कार्यक्रमका वक्ताहरुले बताए । कार्यक्रम मानव अधिकार संजाल गोरखाका संयोजक यदु अधिकारीको अध्यक्षतामा भएको थियो ।