३३ लाखको लागतमा सिर्दिखोलामा वेलिवृज निर्माण
३३ लाखको लागतमा सिर्दिखोलामा वेलिवृज निर्माण
गोरखा ः गोरखा नगरपालिका–११ र १० जोडन सिर्दी खेलामा बेलिवृज निर्माण सम्पन्न भएको छ ।
गत मंसिरबाट पुल निर्माण शुरु गरि सम्पन्न गरिएको गोरखा नगरपालिका वडा नम्वर ११ का वडाध्यक्ष राम बहादुर खड्काले बताए । संघिय सरकारको अनुदान बजेट र गोरखा नगरपालिकाको साझेदारी लगानिमा पुल निर्माण सम्पन्न भएको उनले बताए । ३३ लाख ५ हजारको लागतमा पुल निर्माण सम्पन्न भएको हो । हिमाली क्षेत्र विकास केन्द्रले पुल निर्माणका लागि प्रविधिक सहयोग गरेको थियो भने उपभोक्ता समिति मार्फत पुल निर्मण गरिएको थियो । पैदलयात्रीहरुको सजिलोको लागि सिर्दिखोलामा पुल निर्माण गरिएको हो । पुल निर्माण भएसँगै स्थानीयलाई आउजाउमा सहज वन्ने अपेक्षा गरिएको छ ।