मनास्लु क्षेत्रमा मार्किङ पोल र साइनपोष्ट थपियो
मनास्लु क्षेत्रमा मार्किङ पोल र साइनपोष्ट थपियो
गोरखा ः मनास्लु संरक्षण क्षेत्रमा पर्यटकका सजिलोका लािग मार्किङ पोल तथा साइनपोष्ट राखिएको छ । चालु आर्थिक वर्ष मनास्लु संरक्षण क्षेत्र (एमक्याप)ले साम्दो देखि लार्के टप सम्म १६ वटा मार्किङ पोल राखेको छ ।
यस अघि यस क्षेत्रमा १०८ वटा मार्किङ पोल रहेका थिए । चुम उपत्यका, नुब्री उपत्यका साइनपोष्ट राखिएको एमक्यापका प्रमुख सन्तोष शेरचनले बताए । पहिलो पटह यस वर्ष गुम्वालुङदाङ र गणेश हिमाल आधार शिविर पदमार्गमा पनि साइनपोष्ट राखिएको छ । मनास्लु हिमालको आधारशिविरमा पनि सुचनामुलक साइनपोष्ट राखिएको शेरचनले बताए । ‘पर्यटकलाई सजिलोका लागि मार्किङ पोल र साइनपोष्ट राखेका हौँ,’ उनले भने । लार्केपास क्षेत्रमा राखेको मार्किङ पोलले हिमपात हुँदा पनि पर्यटकलाई बाटो पहिल्याउन सहज वन्ने छ । ‘पदयात्रा गर्न आउने पर्यटक तथा यात्रीहरुलाई बाटो पहिचान गर्न मार्किङ पोल सहयोगी वन्ने छ,’ उनले भने । विशेषगरि हिमपातको समयमा मार्किङ पोलहरुले बाटो पहिल्याउन सहज वन्ने तथा मनास्लु क्षेत्रको लार्के पासको यात्रा थप सुरक्षित वनने उनले बताए । ‘सुरक्षित, ब्यवस्थित र जानकारीकुमल पदयात्राका लागि मार्किङ पोल र साइनपोष्टले सहज बनाउँछ,’ उनले भने ।