अनलाईन प्रणाली मार्फत नागरिकताको सिफारिस अनिवार्य गर्न वडालाई आग्रह
अनलाईन प्रणाली मार्फत नागरिकताको सिफारिस अनिवार्य गर्न वडालाई आग्रह
गोरखा ः साउन १ गतेबाट सिसिएमसी प्रणाली बाहेक आएको सिफारिस विना नागरिकता जारी गर्न नसकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
स्थानीय तहको वडा तहबाट अनलाइन प्रणाली मार्फत नेपाली नागरिकताको सिफारिस गर्ने गरी गृह मन्त्रालयले प्रयोगमा ल्याएको सिसिएमसी सिस्टम गोरखामा असार २ गतेबाट अनिवार्य लागु गरिएको थियो । अनिवार्य अनलाइन सिफारिस लागु भइसक्दा समेत केहि वडाहरुबाट अझैपनि प्रणाली मार्फत सिफारिस नआएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्थानीय तह मातहतका वडा कार्यालयलाई अनिवार्य रुपमा अनलाइन प्रणाली मार्फत नेपाली नागरिकताको सिफारिस नेपाली कागजमा प्रिन्ट गरी पठाउने ब्यवस्थाको लागि आवश्यक सहजिकरण गर्न समेत प्रशासनले अनुरोध गरेको छ ।