हरेक स्थानीय तहमा पार्क

हरेक स्थानीय तहमा पार्क


बिहिबार, माघ २४, २०७५


हरेक स्थानीय तहमा पार्क

स्थानीय तहसँग सहलगानीको आधारमा गण्डकी प्रदेश सरकारले पार्क बनाउने भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बालबालिकाको शारीरिक र मानसिक विकासको लागि स्थानीय सरकार तथा संघसंस्थाको लगानीमा मनोरञ्जन स्थल तथा अन्य पार्क निर्माण गर्न लागेको हो । पार्क निर्माणको निर्देशिका पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।

निर्देशिकामा भनिएको छ, ‘आजका बालबालिका भोलिका कर्णधार भएकाले उनीहरूको शारीरिक र मानसिक विकासका लागि खेलकुद अपरिहार्य भएको सन्दर्भमा सो पार्कभित्र मनोरञ्जनका साधन राखी बालबालिकाहरूलाई मनोरञ्जन दिलाउने रहेको छ ।’



मनोरञ्जनका अलावा गाउँ, नगर, टोल, बस्तीका प्रत्येक व्यक्तिले पनि सोही स्थलमा आई प्राकृतिक सौन्दर्यको लाभ लिन सकियोस् भन्ने हेतुले कार्यक्रम कार्यान्वयन गरिने निर्देशिकामा उल्लेख छ ।

यो योजना मन्त्रालयको चालु आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक कार्यक्रमसमेत हो । यसलाई यही आवमा सक्ने लक्ष्य लिइएको छ । गण्डकी प्रदेशभर लागु हुने यो निर्देशिका अघिल्लो बिहीबारदेखि कार्यान्वयनमा आएको हो ।

मन्त्रालयको वार्षिक कार्यक्रमानुसार पार्कको लागि मन्त्रालयले हरेक स्थानीय तहलाई ३ लाख रुपैयाँ अनुदान छुट्याएको छ । प्रदेशका ८५ वटा स्थानीय तहमा पार्कको लागि मात्रै २ करोड ५५ लाख रुपैयाँ खर्च हुनेछ ।

भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतका अनुसार अपुग रकम भने स्थानीय तह आफैले बेहोर्नुपर्नेछ । कार्यक्रम कार्यान्वयन निर्देशिका अनुसार नै स्थानीय तहले सम्बन्धित डिभिजन वा सबडिभिजन कार्यालयबाट रकम भुक्तानी लिन सक्नेछन् ।

यो कार्यक्रम मन्त्रालयको वार्षिक कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०७५÷०७६ मा नै सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

स्थानीय तहले कम्तीमा २ रोपनी जग्गा व्यवस्थापन गर्नुपर्ने व्यवस्था निर्देशिकामा राखिएको छ । पार्कको जग्गा स्थानीय तहले व्यवस्थापन गर्नेछन्, भने सम्बन्धित स्थानीय तहका व्यक्ति वा संघसंस्थाले पनि जग्गा दिन सक्ने मन्त्री बस्नेतको भनाइ छ । यो बाहेक पार्कको ड्रइङ डिजाइन, इस्टिमेट र स्पेसिफकेसन सहितको डिपिआर पनि स्थानीय तहले गर्नुपर्ने हुन्छ । निर्माणकार्य, सुपरभिजन र मूल्यांकन स्थानीय तहले गर्नेछ भने अनुगमन तथा मूल्यांकन मन्त्रालय वा डिभिजनबाट हुने जनाइएको छ ।

प्रदेश सरकारले अनुदान दिएतापनि पार्कको स्वामित्व भने स्थानीय तहको हुनेछ । यस्तै, रेखदेख, सम्भार, सञ्चालन र बहुउद्देश्यीय उपयोग सम्बन्धी सम्पूर्ण दायित्व पनि स्थानीय सरकारको रहने जनाइएको छ ।नागरिकबाट


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda