३३ किलो सुनकाण्ड : भरिया थुनामा, प्रहरी जागिरमा फर्किए !

३३ किलो सुनकाण्ड : भरिया थुनामा, प्रहरी जागिरमा फर्किए !


शुक्रबार, माघ २५, २०७५


३३ किलो सुनकाण्ड : भरिया थुनामा, प्रहरी जागिरमा फर्किए !

चर्चित ३३ किलो सुन तस्करी एवं मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा भुजुङ गुरुङसहित ८ जनालाई बिराटनगर उच्च अदालतले थुनामा राख्ने आदेश दिएको छ ।

जिल्ला अदालत मोरङको आदेशपछि थुनामा रहेकाहरुले उच्च अदालतमा रिहाईको माग गर्दै पुनरावेदन गरेका थिए ।



उच्च अदालतका कामु मुख्य न्यायाधीश शिवराज अधिकारी र लेखनाथ घिमिरेको इजलासले भुजुङ गुरुङसहित ८ जनालाई थुनामै राख्ने जिल्ला अदालतको आदेश सदर गरेको उच्च अदालत विराटनगरका रजिस्टार नारायण रेग्मीले जानकारी दिए ।

यसअघि सुन मुद्दाका मुख्य आरोपीलाई छाड्ने विवादास्पद आदेश दिने उच्च अदालतमा मुख्य न्यायाधीश कुलरत्न भुर्तेलसहित पाँचजना न्यायाधीशलाई न्यायपरिषदले कारवाहीस्वरुप काजमा तानेको थियो ।

छ जना न्यायाधीश एकैसाथ कारवाहीमा परेपछि बिहीबार उच्च अदालतले भुजुङ गुरुङ, दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठ, राजु महर्जन, कपिलराज पुरी, फुल्टुङ भनिने लक्षुबहादुर गुरुङ, बेनु श्रेष्ठ र डाक्टर डेभिट भनिने छिरिङ वाङ्ला घलेलाई थुनामै राख्ने जिल्लाको आदेश सदर गर्‍यो ।

उच्च अदालत विराटनगरले बालकृष्ण खड्का, ठाकुरप्रसाद ढुंगाना, रेवत भन्ने रेवतकुमार आचार्य, विनोद अधिकारी र मोतिराम श्रेष्ठलाई धरौटीमा छाड्ने जिल्लाको आदेश सदर गरेको छ । यी पाँचै जनालाई जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिएको थियो ।

उच्च अदालतले अबु सलाम खान भनिने शैयाद अकबर र डब्बु भनिने इस्तियाज उद्दिनलाई भने जनही १० लाख धरौटीमा छाड्ने आदेश दिएको उच्च अदालत बिराटनगरका रजिस्ट्रार रेग्मीले जानकारी दिए । उनीहरुलाई सुन कारोबारको लागनीकर्ता मानिँदै आएको थियो । उनीहरुलाई जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले गत जेठ ८ गते पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

सुन तस्करी प्रकरणमा गृह मन्त्रालयले गठन गरेको छानविन समितिले मोरङ प्रहरीमार्फत बैसाख १९ गते जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो ।

‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ सम्बन्धी सो मुद्दामा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपैयाँ बरावरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम (करिब ३८ क्वीन्टल) अबैध रुपमा सुन आयात गरिएको दाबी गरिएको छ ।

गोरेका सहयोगी रामकुमार तिवारी, सञ्जय खेतान भनिने प्रभात अग्रवाल, मदन शिलवाल जनही पाँच लाख धरौटीमा छुटेका छन् । त्यसैगरी राजकुमार दारुका, माधव भनिने मदनप्रसाद घिमिरे, आर के भन्ने राजेन्द्रकुमार शाक्य र विनोद पोद्दारलाई उच्च अदालतले जनही १० लाख धरौटीमा छाड्ने आदेश दिएको छ ।

भरिया थुनामा, प्रहरी जागिरमा फर्किए

जिल्लाको आदेशपछि थुनामा रहेका भरिया टेकराज मल्ल ठकुरी, कृष्ण भन्ने नरेन्द्र कार्की, मोहन काफ्ले, लाक्पा शेर्पाे, एलबी भनिने लालबहादुर मगर, सम्बिरप्रसाद तोलाङंगे, तुलाराम थारु, पुण्यप्रसाद लामा, हेमन्त गौतम र राजन थापा, गोपालकुमार श्रेष्ठ डिएसपी सञ्जयबहादुर राउत, महावीर गोल्यान, अमरमान डंगोल र विवादास्पद एसएसपी श्यामबहादुर खत्रीको हकमा थुनामै राख्ने आदेश भएको छ ।

थुनामै राख्ने आदेश भएकाहरु मध्ये एसएसपी श्याम खत्री र डीएसपी सञ्जयबहादुर राउत बाहेक अन्य गोरेका भरिया र सहयोगी हुन् ।

उच्च अदालतबाट पूर्वडीआइजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल साधारण तारेखमा पूर्पक्ष गर्न पाउने गरी छुटिसकेका छन् । छुटेका प्रहरी अधिकृतहरु जागिरमा फर्किसकेका छन् ।अनलाइनखबरबाट


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda