नेकपाका गण्डकी प्रदेशका पदाधिकारी र सदस्यले सपथ लिए

नेकपाका गण्डकी प्रदेशका पदाधिकारी र सदस्यले सपथ लिए


शुक्रबार, माघ २५, २०७५


नेकपाका गण्डकी प्रदेशका पदाधिकारी र सदस्यले सपथ लिए

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका पदाधिकारी तथा सदस्यहरुले सामुहिक रुपमा सपथ ग्रहण गरेका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण पछि बनेको नेकपाको गण्डकी प्रदेश सदस्यमा चयन भएका प्रदेश पदाधिकारीसहित १८९ सदस्यहरुले विहीबार सामूहिक रुपमा सपथ लिएका हुन् ।



नेकपा कास्कीको कार्यालयमा विहीबार आयोजित सपथ कार्यक्रममा नेकपा गण्डकी प्रदेश ईञ्चार्ज तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे र सचिव गोविन्दबहादुर नेपाली तथा १८७ जना सदस्यसहित १८९ जनालाई सपथग्रहण गराएका हुन् ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपा गण्डकी प्रदेशका ईञ्चार्ज पृथ्वी सुब्बा गुरुङले पार्टीकै नेतृत्वमा सरकारले समृद्धी र समाजवाद ल्याउने बताए । पार्टी मजबुत नभएसम्म सरकार बलियो नहुने बताउँदै उनले भने,‘सरकार चलाउने पार्टीले नै हो, अनि समाज र समृद्धिको सपना पूरा गर्ने नेतृत्व पनि पार्टीले नै गर्नुपर्छ, यसका लागि पार्टी मजबुत हुनुपर्छ ।’

नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेले सामुहिक भावनामा पार्टीलाई अघि बढाउने प्रतिबद्धता जनाए ।

नेकपा गण्डकी प्रदेशले जनयुद्ध दिवस मनाउने

नेकपा गण्डकी प्रदेशले जनयुद्ध दिवस मनाउने भएको छ । विहीबार सपथ लिएलगत्तै बसेको नव गठित नेकपा गण्डकी प्रदेशको बैठकले तत्कालिन नेपाल कम्युनिष्ट पार्टीले जनयुद्ध शुरु गरेको दिन फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक बरिष्ठ सदस्यले भने, ‘जनयुद्ध दिवसलाई भव्य रुपमा मनाउने निर्णय भएको छ, तर कहाँ र कसरी मनाउने बारे पदाधिकारी बैठकले तय गर्न बैठकले जिम्मेवारी दिएको छ ।’

त्यस्तै बैठकले स्ववियु चुनावलाई आफ्नो पक्षमा पार्नका लागि जिल्ला जिल्लामा गएर माहोल सृजना सदस्यहरुलाई निर्देशन दिएको छ भने पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सदस्यहरुलाई जिल्ला कमिटी निर्माणका लागि अनुकुल वातावरण निर्माण गर्नका लागि खटिन पनि निर्देशन दिएको स्रोतले बताएको छ ।अनलाइनखबरबाट


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda