पोखरामा भेटियो नक्कली नोट

पोखरामा भेटियो नक्कली नोट


शुक्रबार, माघ २५, २०७५


पोखरामा भेटियो नक्कली नोट

पोखरामा नक्कली नोट भेटिएको छ । एउटै नम्बरका नोट दैनिक रुपमा देखिन थालेको बैंकहरुले बताएका छन् ।

लुम्बिनी विकास बैंकको पोखरा न्युरोड शाखामा एक हप्ताभित्रै पाँचवटा नक्कली नोट आएका छन् । ‘नक्कली नोटको कारोबार पछिल्लो समय अलि बढेको देखिन्छ,’ शाखाकी अप्रेसन इन्चार्ज सफिना जोशीले भनिन्, ‘अहिले आएर दैनिक आउन थालेको छ ।’



उनले पछिल्लो हप्तामा मात्रै २ वटा एक हजारको नोट एउटै नम्बरको आएको बताइन् ।

नक्कली नोट दैनिक जसो आउने भएपनि एकै पटक ठूलो मात्रामा भने नआएको जोशीको भनाइ छ । ‘एकैचोटी ठूलो मात्रामा नक्कली नोट भने हामी कहाँ आएका छैनन् । तर, दिनहुँ आइरहन्छन्,’ उनले भनिन् ।

सेवाग्राहीले ल्याएको नोट ‘फेक नोट डिटेक्टर’मा परीक्षण गर्दा नक्कली नोट भेटिएको उनले प्रष्टयाइन् । नक्कली नोटमा प्राय एउटै नम्बर हुने गरेको एनआरबी संकेत पनि नहुने उनले जानकारी दिइन् ।

पछिल्लो समय पोखरामा नक्कली नोट देखिन थालेकाले कार्यालयका सम्पूर्ण कर्मचारीलाई सजग रहन आग्रह गरिसकेको बैंकले जानकारी दिएको छ ।

पोखरामा पछिल्लो साउन यतामात्रै २ सय वटा नक्कली नोट भेटिएको नेपाल राष्ट्र बैंक पोखराले जनाएको छ । ‘एकैचोटी ठूलो गिरोह फेला परेको छैन तर फाटफुट फेला परिरहेका छन्,’ राष्ट्र बैंक पोखराका निर्देशक पोमनाथ गौतमले भने ।

उनले नक्कली नोटको गिरोह पत्ता लगाउन बैंकदेखि सहकारीसम्म सूचना जारी गरिसकेको जानकारी दिए । नक्कली नोटको कारोबारी पत्ता लगाउन प्रहरीसँग समन्वय गरेर कारबाही गरिने उनको भनाइ थियो ।

उनले नक्कली नोट रोक्न प्रहरीमा पनि उजुरी दिइसकेको जानकारी दिए । एउटा नोट मात्रै आउँदा उक्त व्यक्ति नै अपराधी प्रमाणित हुन नसकिने भएकाले जाली नोटको प्रेस समात्न नै गाह्रो रहेको बताए ।

नक्कली नोट सक्कली नोेटको तुलनामा हल्का हुने र कागजमा पानी राख्दा फुल्ने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।अनलाइनखबरबाट


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda