गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणार्थ मलेसियामा धुर्मुस-सुन्तली साँझ
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणार्थ मलेसियामा धुर्मुस-सुन्तली साँझ
माघ १६ गते काठमाडौंको राष्ट्रिय सभागृहमा घोषणा गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानलाई लिएर मलेसिया पुगेका सीताराम कट्टेल (धुर्मुस) र कुञ्जन घिमिरे (सुन्तली)ले आफ्नो शानदार प्रस्तुति दिएर दर्शकको मन जितेका छन्। नेपालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला घोषणा गरेलगत्तै पहिलो प्रस्तुतिको लागि हास्य कलाकर धुर्मुस-सुन्तलीसहित अन्य कलाकार मलेसिया आएका हुन्। यी दुई ब्राण्ड एम्बेसडर रहेको सिटी एक्सप्रेसले रंगशाला निर्माणार्थ मलेसियाको तीन शहरमा ‘सिटी एक्सप्रेस धुर्मुस–सुन्तुली साँझ–२०७५’ को आयोजना गरेको हो। जसअन्तर्गत क्वालालम्पुरमा पहिलो शो फेब्रुरुअरी ५ मा डेवान मारियमेनको सिटी सेन्टर र फेब्रुरुअरी ६ मा पेनाङ एसटी एन्नी चर्चमा भएको छ। उक्त दुई शोमा धुर्मुस सुन्तलीको अभिनयलाई दर्शकले भरपुर मनोरञ्जन लिएका छन्। यी दुईसँगै चर्चित लोक गायक बद्री पंगेनी, चर्चित आधुनिक गायिका मेलिना राई, चर्चित लोक गायिका सम्झना भण्डारी र स्थानीय कलाकारहरूले पनि मनोरञ्जन दिएका छन्। यसैगरी, अब क्वालालम्पुर र पेनाङपश्चात् फेब्रुअरी १० मा जोहर बारुमा अन्तिम कार्यक्रम हुनेछ। झन्डै तीन अर्बको अनुमानित लागतमा निर्माण हुने भनिएको रंगशाला निर्माणमा मलेसियाबाट राम्रो साथ सहयोग पाउने विश्वास धुर्मुस-सुन्तलीले व्यक्त गरेका छन्।थाहाखबरबाट
ताजा अपडेट
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार