देउँसी भैलो रकमबाट धार्मिक स्थल संरक्षण गर्दै
देउँसी भैलो रकमबाट धार्मिक स्थल संरक्षण गर्दै
धार्चे गाउँपालिका–४ लाप्राकमा हिउँचुली सामुदायिक संग्रहालय परिवारले २०७५ को देउँसी भैलो कार्यक्रमबाट संकलित रकमले गाउँको धार्मिक स्थलको रुपमा परिचित मणिकाम देवी क्षेत्र संरक्षणमा जुटेको छ । संरक्षणका लागी भन्दै मणिकामादेवि परिसरमा शनिबार क्लवले निगालोको वार लगाएको छ । युवा पुस्ताहरुमा पुरानो सांस्कृति र मुल्य मान्यता घट्दै गएको साथै स्थानीयहरुको वेवास्थाका कारण लथालिङ्ग अवस्थामा पुगेकाले संरक्षणमा जुटेको क्लवका अध्यक्ष सागर गुरुङले बताए । त्यस भित्र फुल रोप्ने योजना समेत रहेको उनले बताए । मणिकामदेवी संरक्षणले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

