कसले उखाल्यो आलु ?
कसले उखाल्यो आलु ?
शहिद लखन गाउँपालिका–८ वुंकोटको छविसे फाँटमा अज्ञात समुहले आलु, वन्दा काउली केराउ लगायतको तरकारी खेतिमा नोक्सानी पु¥याएका छन् ।
गोडमेल गर्ने वेला भएको आलु उखलेर फालिदिएको, वन्दा र काउली भाचिदिएको, केराउ माडिदिएको तथा वकुल्लाको मुन्टा चुडीदिएको किसानहरुले बताएका छन् । झण्डै आठ रोपनी क्षेत्रफलमा लगाएको तरकारी खेति नष्ट भएको स्थानीय कृषक गौतम थापाले बताए । ‘आइतबार विहान खेतमा पुग्दा खेतिको अवस्था लथालिङ्ग देख्यौँ,’ उनले भने, ‘आलु मात्र ५० क्वीन्टल नोक्सान भएको होला ।’ तरकारी खेति नष्ट गर्नेको पहिचान गरि कारवाहीको माग गर्दै आठ किसानले संयुक्त रुपमा वुंकोट प्रहरी चौकिमा उजुरी दर्ता गराएका छन् । शंकर वहादुर थापा, सुर्य वहादुर थापा, वद्रि वहादुर थापा, नर वहादुर परियार, उमा परियार, मिन वहादुर थापा, तुल प्रसाद अंगाइ र चोला नाथ अंगाइले संयुक्त रुपमा निवेदन दर्ता गराएका हुन् । दोषिको अनुसन्धान र पहिचान गरि भविष्यमा यस्ता घटना दोहोरिन नदिन क्षतिपुर्ति सहितको कारवाहीको माग गर्दै उनिहरुले निवेदन दिएका हुन् । उछृङखल समुहले तरकारी खेति नष्ट गरिदिएको हुनसक्ने स्थानीयहरुले अनुमान गरेका छन् । तरकारी खेतिका नोक्सान पुगेका किसान दुख खेर गएको भन्दै चिन्तित छन् । यस अघि पनि सोही ठाउँ नजिकै लगाइएको काउली खेतिमा अज्ञात समूहले क्षति पु¥याएको स्थानीयले बताएका छन् । ‘पहिले माछा पोखरीबाट पनि माछा चोरी भएको थियो, केही दिन अघि मात्र यही नजिकै खेति गरिएको काउली चोरी भयो, अहिले फेरि हामीले गरेको तरकारी खेतिमा नोक्सान पु¥याए,’ थापाले भने ।