सावित्राको को दुई गोलले भारत नेपालसँग पराजित
सावित्राको को दुई गोलले भारत नेपालसँग पराजित
हिरो वोमेन्स गोल्डकप फुटबलमा नेपालले दक्षिण एसियाकै पावर हाउस मानिने भारतलाई पहिलो पटक पराजित गर्न सफल भएको छ ।
कलिंगाा रंगशालामा सोमबार राति भएको खेलमा नेपालले भारतलाई २–१ गोल अन्तरले पराजित गरेको हो । यो जित नेपालको लागि एकदमै महत्वपूर्ण जित हो । किनभने नेपालले भारतलाई महिला फुटबलको सिनियर टिममा पहिलो पटक पराजित गर्न सफल भयो ।
पाँचौ मिनेटमा सावित्राले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । त्यसको दुई मिनेटपछि नै अर्थात सातौ मिनेटमा नै उनले अर्को गोल गर्दै नेपाललाई दोब्बर अग्रता दिलाएकी थिइन् ।
पहिलो हाफमा दुई गोलले अघि रहेको नेपालले दोस्रो हाफमा एक गोल खान पुग्यो । ८४ औ मिनेटमा रतन बालादेवीले गोल गर्दै भारतलाई २–१ गोलको स्थितिमा ल्याएकी थिइन् । तर बाँकी समयमा गोल गर्न नसकेपछि खेल नेपालले जितेको हो ।
भारतलाई पराजित गरेसँगै नेपालको फाइनल पुग्ने सम्भावना पनि बढेको छ । नेपालले अब अन्तिम खेल इरानसँग प्रतिस्पर्धा गर्ने छ । इरानलाई नेपालले पराजित गरेमा फाइनल यात्रा तय गर्नेछ ।