पृथ्वी २० वर्षयताकै हराभरा, चीन र भारत हराभरापनको कारक
पृथ्वी २० वर्षयताकै हराभरा, चीन र भारत हराभरापनको कारक
पृथ्वी २० वर्षयताकै हराभरा भएको छ। नासाको नयाँ अध्ययनले पृथ्वी २ दशक यताकै हराभरा भएको जनाएको हो।
नासाको २ भू–उपग्रहले विगत २० वर्षदेखि पृथ्वीको हराभरापनको अध्ययन गरिरहेको थियो। मोडरेट रिजोलुसन इमेजिङ स्पेक्ट्रोडायोमिटर ‘मोडिस’ प्रक्रियाबाट गरिने यस अध्ययनले तथ्यपरक र सही सूचना दिने जनाइएको छ।
ब्राजिलमा रहेको अमेजन रेन फोरेस्टमा रहेका रुखहरुले समेत पृथ्वीलाई हराभरा बनाउन मदत गरेको छ। सन् २००० को रेन फोरेस्टभन्दा अहिलेको हराभरापन ५ प्रतिशतले बढेको छ।
‘चीन र भारतले पृथ्वीमा रहेका अन्य देशभन्दा हराभरा बनाउने प्रकृयाको २ तिहाइ स्थान ओगटेका छन्।’ अध्ययनका मुख्य अध्ययनकर्ता तथा वोस्टोन विश्वविद्यालयका पृथ्वी र वातावरण विभागका प्राध्यापक चि चेनले भने,‘यो आश्चर्यजनक नतिजा हो। किनभने भारत र चीनले पृथ्वीको ९ प्रतिशतमात्र जमीन ओगट्छन्।’
भारत र चीनमा हुने कृषिजन्य गतिविधि र वृक्षरोपन हराभरापनको कारण भएको जनाइएको छ। पृथ्वी हराभरा भए यसले जलवायू परिवर्तन, समुद्र सतह बढ्ने समस्या, हिम नदी पग्लिने समस्या विस्तारै कमहुँदै जानेछ। नासा

नेपालखबरबाट