के एक शताब्दीभित्रै लोप हुँदैछन् किरा? वैज्ञानिकहरू भन्छन् ‘अप्रत्याशित तथ्य’

के एक शताब्दीभित्रै लोप हुँदैछन् किरा? वैज्ञानिकहरू भन्छन् ‘अप्रत्याशित तथ्य’


मङ्लबार, माघ २९, २०७५


के एक शताब्दीभित्रै लोप हुँदैछन् किरा? वैज्ञानिकहरू भन्छन् ‘अप्रत्याशित तथ्य’

किराहरूको सङ्ख्या व्यापक रूपमा घट्दै जाने क्रम कायम रहे एक शताब्दीभित्र पूर्ण लोप हुनसक्ने बायोलोजिकल कन्सर्भेसन जर्नलको ग्लोबल साइन्टिफिक रिभ्यूमा उल्लेख गरिएको छ।

अध्ययनहरूले हाल ४१ प्रतिशत किरा फट्याङग्रा लोप हुने संघारमा रहेको देखाएको छ। त्यस्तो अवस्थाले पृथ्वीको जैविक पर्यावरणमा नै असर पर्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्।



उक्त अध्ययनमा संलग्न युनिभर्सिटी अफ सिड्नीका वैज्ञानिकहरूले पृथ्वीमा किराको सङ्ख्या प्रतिवर्ष २.५ प्रतिशतले घटिरहेको उल्लेख गर्दै यही अवस्था रहे एक शताब्दीभित्र किरा लोप हुने बताएका हुन्। वार्षिक २.५ प्रतिशत किरा लोप हुँदै जाने घटनालाई वैज्ञानिकहरूले ‘अप्रत्याशित’ भनेका छन्।

पहिलाका अनुसन्धानमा फेला परेका तथ्यहरूबाट अत्यधिक सङ्ख्यामा जीवहरू लोप हुने ‘मास एक्सटिङसन’ को छैटौँ प्रकियामा पृथ्वी रहेको देखाएको तथ्यलाई यसले पुष्टि गरेको बताइएको छ।

पहिलो ‘मास एक्सटिङसन’ ६६ मिलियन वर्षअघि डाइनासर लोप भएसँगै सुरु भएको थियो। त्यसक्रममा एक तारा हाल मेक्सिको रहेको क्षेत्रमा ठोक्किएको वैज्ञानिकहरूको दाबी छ।

अहिले स्तनधारी जनावर, चरा लगायतका जीवजन्तुको तुलनामा आठ गुणा बढी किराको मृत्यु भइरहेको बताइएको छ।

वैज्ञानिक निष्कर्ष सार्वजनिक गर्दै अनुसन्धानकर्ताहरूले सर्वसाधारणलाई किरा लोप हुने अवस्थाप्रति सचेत रहन आग्रह गरिएको छ।

वैज्ञानिक अनुसन्धान प्रतिवेदनहरूमा यसप्रकारको सचेतता खासै दिइने गरिँदैन। यद्यपि, अवस्था विकराल हुने भन्दै यसप्रति सबै जना जनाकार हुनुपर्ने हेतुले अध्ययन प्रतिवेदनमा यसबारे उल्लेख गरिएको बताइएको छ।

विश्वभर गएको १० वर्षमा ५३ प्रतिशत पुतलीहरूको सङ्ख्या घट्दै गएको र ४६ प्रतिशत माहुरीहरुको सङ्ख्या समेत घटिरहेको अध्ययनले देखाएको छ।

सबैभन्दा धेरै प्रभावित ‘क्याडिस फ्लाइ’ रहेको छ। उक्त किराको सङ्ख्या ६८ प्रतिशत घटिसकेको छ। यस्तै ‘ड्रागन फ्लाइ’ ३७ प्रतिशत र ‘बिट्लस’ ४६ प्रतिशतले घटिरहेको फेला परेको छ।

जमिनको स्वरूप प्रभावित हुनेगरि गहन रूपमा गरिएको खेती प्रणाली किराहरु लोप हुनुको मुख्य कारण रहेको वैज्ञानिकहरूको निष्कर्ष छ। यसका साथै जलवायु परिवर्तन, शहरीकरण, जैविक स्थानको दोहन, वातावरण प्रदूषण, विषादीको प्रयोगका कारण फैलिने रोग इत्यादिले समेत किराहरू लोप हुने क्रम बढेको निष्कर्ष प्रतिवेदनमा उल्लेख गरिएको छ।

किराहरु जमिन उब्जाऊ गर्न, बोटबिरुवाहरू बढ्न सहयोग गर्न र अरू जनावरको आहाराका रूपमा महत्त्वपूर्ण भएकाले तिनीहरूको जैविक पर्यावरणमा महत्त्वपूर्ण स्थान रहेको वैज्ञानिक निष्कर्ष छ।

किराको सङ्ख्या घट्दै जाँदा त्यसबाट मानवहरूमा समेत नकारात्मक असर पर्नेछ।

अध्ययनको निष्कर्षमा वैज्ञानिकहरूले यसलाई छैटौँ ‘मास एक्सटिङसन’ भन्दै मानिसले आफ्नो खाद्यान्न उत्पादन गर्ने प्रणाली परिवर्तन नगरे आउने दशकहरूमा किराको सङ्ख्या व्यापक घट्नै चेतावनी दिएका छन्।

किराहरूको सङ्ख्या घट्दै गए मानव र अन्य जीवले विनाशकारी परिणाम भोग्न तयार हुनुपर्ने अध्ययनको निष्कर्ष छ। यस अवस्थाबाट पृथ्वीको पर्यावरण, जैविक प्रणाली र मानव अस्तित्वमा नै प्रश्न चिह्न खडा हुने चेतावनी दिइएको छ।

पिउर्टो रिकोमा किरा घट्दै गएकाले विभिन्न प्राकृतिक समस्याहरू देखिएको बताइएको छ। पछिल्लो ३५ वर्षमा त्यहाँ ९८ प्रतिशतले किरा लोप भएको बताइएको छ। त्यस कारण ती किरामा आश्रित वन, वायु र पानीमा पाइने जीवजन्तुको सङ्ख्यामा समेत कमी आउँदै गरेको छ।

अनुसन्धानकर्ताहरूले यस अध्ययन गर्ने क्रममा पहिला गरिएका ७३ प्रतिवेदनहरूको अध्ययन गरेका थिए। ती सबैजसो अनुसन्धानहरू पश्चिम युरोप , अमेरिका, चीन, ब्राजिल र दक्षिण अफ्रिका केन्द्रित थियो। ती स्थानहरूमा अझै धेरै वैज्ञानिक अनुसन्धान हुनुपर्ने हालैको प्रतिवेदनमा उल्लेख छ।पहेलोपोष्टबाट


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda