गोरखा क्याम्पसको ‘आइटी’ सेवा ः शुल्क तिरेर पनि सेवा उपभोग गर्न पाइदैन

गोरखा क्याम्पसको ‘आइटी’ सेवा ः शुल्क तिरेर पनि सेवा उपभोग गर्न पाइदैन


बिहिबार, फाल्गुन २, २०७५


गोरखा क्याम्पसको ‘आइटी’ सेवा ः शुल्क तिरेर पनि सेवा उपभोग गर्न पाइदैन

विकास मरहट्टा

सूचना प्रविधि (आइटि) को शुल्क तिरेर पनि सेवा उपभोग गर्न नपाएको गोरखा क्याम्पसका बिद्यार्थीहरुले गुनासो गरेका छन् ।
‘आइटि’ को शुल्क वापत क्याम्पसले बार्षिक रुपमा प्रति विद्यार्थी पाँच सय रुपैया लिदै आएको छ । तर हाल सम्म प्रविधिको प्रयोग गर्न नपाएको एक बिद्यार्थीले बताए । ‘भर्नाकै समयमा शुल्क लिन्छन्,’ उनले भने, ‘तर अहिले सम्म कम्प्युटर र इन्टरनेटको प्रयोग गर्न पाएका छैनौ ।’ क्याम्पसमा रहेको कम्प्युटर ल्याव प्राय बन्द हुने उनले बताए । ‘आइटी शुल्क भनेर पैसा तिर्छाै तर,             कसरी कहा गएर सेवा लिने थाहा छैन, क्याम्पसले पनि भन्दैन,’ एक बिद्यार्थीले भनिन्, ‘ग्याप पिरियडमा पनि कक्षाकोठामै बसेर पढ् भन्नुहुन्छ, कम्प्युटर ल्याव लगेपनि हुने नी !’ ल्यावमा गए इन्टरनेट मार्फत ‘कोर्ष’ सम्बन्धी आवश्यक कुराहरु खोज्न सकिने उनी बताउछिन् । ‘आइटी’ सेवाकै लागी क्याम्पसले कम्प्युटर ल्याव संचालन गरेको छ । जसमा १६ वटा कम्प्युटर छन् । सबैमा इन्टरनेट जडान गरिएको छ । तर बिद्यार्थीले भने त्यसको प्रयोग गर्न पाएका छैनन् । क्याम्पस प्रमुख बिकास श्रेष्ठले ‘आइटी सेवा’ क्याम्पसमा उपलब्ध भएपनि बिद्यार्थीले प्रयोग नगरेको दावी गरे । ‘कम्प्युटर ल्याव छ, त्यहा जाने बिद्यार्थीलाइ इन्टरनेटको पासवोर्ड पनि दिन्छौ, त्यहाँ गएर नेटबाट आवश्यक शैक्षिक सन्दर्भ सामाग्री खोज्न सक्छन्,’ उनले भने । ल्यावको प्रयोग गर्न चाहने बिद्यार्थीले शिक्षकलाइ खवर गरे ल्यावको कोठा उपलब्ध            गराइने उनले बताए । तर बिद्यार्थीले इन्टरनेटको दुरुपयोग गर्ने गरेको उनको गुनासो छ । ‘पठनपाठन सँग सम्बन्धित कुराहरु खोज्नका लागी नेट सेवा दिएका हौ तर बिद्यार्थीहरु फेसवुक र अन्य            मनोरन्जन मात्र भुल्न थालेपछि लाइवेरीको कम्प्युटर हटाएका हौ,’ उनले भने । तर कम्प्युटर ल्यावमा इन्टरनेट सेवा प्रदान हुने उनले बताए । सहजिकरणका लागी शिक्षक र कर्मचारी पनि खटिने उनको भनाइ छ ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda