ऐन विपरित शुल्क असुल्दै सामुदायिक बिद्यालय

ऐन विपरित शुल्क असुल्दै सामुदायिक बिद्यालय


आइतवार, बैशाख २२, २०७६


ऐन विपरित शुल्क असुल्दै सामुदायिक बिद्यालय

गोरखा ः शिक्षा ऐन विपरित पालुङटार नगरपालिका–९  मिरकोटको त्रिवेणी माविले विद्यार्थीसँग मासिक शुल्क असुल्दै आएको छ ।
नेपालको संविधानको धारा ३१ मा शिक्षाको मौलिक हक सम्बन्धि आधारभूत तह सम्म निशुल्क र अनिवार्य तथा मावि तहसम्म निशुल्क शिक्षाको व्यवस्था गरिएको छ । तर त्रिवेणी माविले शिक्षा नीतिलाई लत्याउदै कक्षा नर्सरी देखि पाँच सम्मका बिद्यार्थीसँग शुल्क लिने गरेको छ । २०६९ साल देखि नै शुल्क लिदै आएको बिद्यालयका प्रधानाध्यापक चुडामणी अधिकारी स्वीकारछन् । मावि कक्षा सम्म संचालनमा  रहेको उक्त बिद्यालयमा कक्षा नर्सरी देखि पाँच सम्म कुल २ सय २४ जना बिद्यार्थी छन् । बिद्यालयले उनीहरुसँग मासिक ६० रुपैयाका दरले शुल्क उठाउदै आएको छ । मासिक शुल्क वापत बिद्यालयले बार्षिक एक लाख ६१ हजार २८० रुपैया संकलन गर्छ ।
गत बर्ष बिद्यालयले मासिक शुल्क वापत रु ७ सय देखि ९ सय सम्म लिएको थियो । नर्सरी र केजीका बिद्यार्थीसँग सात सय, एक कक्षाका बिद्यार्थी सँग आठ सय र दुइ कक्षाका बिद्यार्थीसँग नौ सय शुल्क लिएको प्रअ अधिकारी आफै बताउछन् । ‘पोहोर साल सेक्सन छुट्याउनपर्ने भयो, फर्निचर पनि थिएन, त्यसैले बिद्यार्थीसँग एक महिना सात सय देखि नौ सय शुल्क लियौ, त्यसपछि फेरि महिनाको ६० रुपैया मात्र लिन थाल्यौ,’ उनले भने । पालुङटार नगरपालिकाका नगर शिक्षा शाखा अधिकृत शित्तल पाण्डेले सामुदायिक बिद्यालयले कुनै पनि वहानामा विद्यार्थीसँग शुल्क लिन नपाउने बताएका छन् ।
‘मावि सम्म निशुल्क शिक्षा हो, अतिरिक्त कक्षा संचालन गरेमा केही शुल्क लिन मिल्छ तर बिद्यालयकै समयमा पढाए वापत कुनै शुल्क लिन पाइदैन, ऐनले पनि दिदैन,’ उनले भने । निशुल्क शिक्षा पाउनुपर्ने मौलिक हकभएपनि बिद्यालयले ऐन विपरित शुल्क लिदा अभिभावक तथा बिद्यार्थी मर्कामा परेका छन् । बिद्यालयले भने अंग्रेजी माध्यम संचालन गरेकाले शुल्क लिएको बताउदै आएको छ ।  ‘नर्सरी देखि कक्षा पाँच सम्म अग्रेजी माध्यम चलाएका छौ, एक जना शिक्षक नीजिमा राखेका छौ, त्यसैले शुल्क उठाएका हौ,’ उनले भने ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda