लाप्राकीको मन जित्न नसकेको एकीकृत नमूना वस्ती

लाप्राकीको मन जित्न नसकेको एकीकृत नमूना वस्ती


बुधबार, बैशाख २५, २०७६


लाप्राकीको मन जित्न नसकेको एकीकृत नमूना वस्ती

गोरखा ः भेडिगोठ र गौचरनको रुपमा प्रयोग हुदै आएको लाप्राकको गुप्सीपाखामा अहिले एकीकृत नमूना बस्ती बन्दै छ ।
एकैनाशका घरहरु लाइनवद्ध रुपमा ठडिएका छन् । रातो र सेतो रङमा सजिएर पाखाभरी छरिएका घरले ध्यान केन्द्रित नगर्ने कुरै भएन । हेर्दैमा लोभ लाग्ने यो वस्ती   गैरआवासिय नेपाली संंघ (एनआरएनए) ले लाप्राकीका लागी बनाएको हो । तर नमूना वस्ती प्रति लाप्राकीलाइ कुनै मोह छैन । आफ्नो थातथलो छाडेर गुप्सीपाखाको वस्तीमा सर्न उनीहरुमा उत्साह देखिदैन । त्यसो त अधिकांश लाप्राकीले पुरानै गाउँमा जसोतसो घर ठड्याइसके । तर बारपाकमा जस्तो आरसिसी भवनले पकड जमाएको छैन ।



पुरानै स्वरुप र संरचनामा घर बनेका छन् । मात्र ढुङ्गा र काठको छाना जस्तापाताले ओगटेको छ । समुन्द्रि सतहबाट करिव २७५० मिटरको उचाइमा रहेको गुप्सीपाखा लाप्राकको पुरानो गाउँभन्दा बढि हिमपात हुने र चिसो ठाउँ भएको स्थानीय बताउछन् । बढी हिमपात हुने कारणले पनि गाउँ छाडेर डाँडामा जान लाप्राकीलाइ रतिभर मन छैन । २०५६ साल देखि नै लाप्राकको पुरानो गाउँ पहिरोको जोखिममा छ भन्ने उनीहरुलाइ थाहा छ । तर करोडौ खर्च गरेर डाँडामा सजाइएको नमूना वस्तीले उनीहरुको मन जित्न सकेको छैन । त्यसैले त पुरानो गाउँ छाड्न मानिरहेका छैनन् उनीहरु ।
अधिकांश लाप्राकीको जीविकोपार्जनको मुख्य आधार खेति किसानी नै हो । ‘नगरी काम पुग्दैन खान साँझ र विहान’ भनेझै खेति नगरे विहान वेलुकीको छाक टार्नै मुश्किल छ,  लाप्राकीलाइ ।  बारपाकमा जस्तो घरपिच्छे  लाहुरे छैनन् । एकाध रुपमा केही लाहुरेमा भर्ति भएपनि अधिकांश कृषि पेशामै आवद्ध छन् । गुप्सीपाखाको वस्तीमा खेति गर्ने ठाउँ सम्म नपाउँदा लाप्राकीहरुको मन झन् बाझिएको छ ।
लाप्राकका मन बहादुर गुरुङलाइ एनआरएनएले बनाएको वस्तीमा बस्न पटक्कै मन छैन । भूकम्पपछि पुरानै वस्तीमा अस्थायी टहरा बनाएर बसेका छन् उनी । नमूना वस्तीको घरले उनको मन जित्न सकेको छैन । कारण एउटै छ, ‘घर मात्र भएर भएन खानेवाटो पनि गर्नुप¥यो नी !’ उनी भन्छन्, ‘माथि न खेति गर्ने ठाउँ छ न व्यापार व्यवसाय चल्छ ।’


लाप्राककी आश माया गुरुङको गुनासो पनि उस्तै छ । त्यसैले त गुप्सीपाखामा नयाँ घर पाउँदा पनि खुशी छैनन् उनी । भन्छिन्, ‘हामी खेति गरेर खाने मान्छे, अव माथि खेति गर्ने ठाउँ छैन, फेरि यहाँ उत्पादन गरेको अन्न माथि लान पनि समस्या छ ।’ पुरानो गाउँबाट गुप्सीपाखाको वस्तीमा जान करिव दुइ घण्टा लाग्ने उनी बताउछिन् ।
लाप्राककी आर्नी गुरुङलाइ पनि आफ्नो पुरानौ थातथलोमा  रमाउने रहर छ । भूकम्पले घर भत्किएपछि ठुलो रिन्जिलुङमा अस्थायी टहरा बनाएर बस्दै आएकी छिन् उनी । चोयाको मान्द्रो र त्रिपालले बारिएको टहरामा उनको चार बर्ष बितिसक्यो । टहराले जसोतसो घाम त छेक्यो होला   तर, बर्षात र हावाहुरी कहाँ थेग्न सक्थ्यो र ! नयाँ घर पाएपछि  टहराबाट मुक्ती पाउने भन्दै उनको मनमा कही कतै खुशी पलाएको त होला तर दिल खोलेर रमाउन सकेकी छैनन् । उनी भन्छिन्, ‘अब आफू एक्लो छु घर बनाउन सक्दिन, नयाँ घर बनाएर दिँदा खुशी त लाग्छ तर माथि घरमात्र हो अरु केही छैन, खाने जोहो कसरी          गर्नै !’
कान्छी गुरुङको समस्या पनि आर्नीको भन्दा फरक छैन । उनी पनि एक्लै छिन्, अस्थायी टहरामा । छिमेकीको शरणमा बस्दै आएकी छिन् उनी । नयाँ घरले उनलाइ केही राहत त मिल्छ तर बढि हिमपात र चिसो हुने भन्दै उनी अहिले देखि नै चिन्तित छिन् ।

लाप्राकका कुमार सुनार एनआरएनए प्रति आक्रोशित  छन् । ‘घर बनाइदिने भनेर हामीले पाउने अुनदान पनि उनीहरुले लगे, फेरि घरको झ्याल ढोका पनि बलियो छैन,’ उनले भने । पहिले घर तयार गरेर चावी हस्तान्तरण गर्ने आवश्वासन दिएको एनआरएनएले अहिले स्थानीयलाइ अनावश्यक दुख दिएको उनी बताउछन् । ‘पहिला तपाइहरुले केही गर्न पर्दैन, घर बनाएर चावी हामी बुझाउछौ भन्यो तर अहिले ढुंंगा, गिटी आफै जुटाउनुपर्ने फेरि काठ पनि बोक्न लगाएको छ,’ उनले भने । गुप्सीपाखाको नयाँ वस्तीमा जीविका चलाउन गाह्रो हुने उनको ठम्याइ छ । ‘सवैले व्यवसाय गर्न पनि मिलेन, ग्राहक को हुने, खेति गर्ने ठाउँ छैन, घर को न घाटको बनाउने भयो,’ उनले भने ।


भूकम्पले लाप्राकका करिव ६०० भन्दा बढि घरहरुमा क्षति पुगेको थियो । ५७३ घरधुरीका लागी एनआरएनएले गुप्सीपाखामा वस्ती निर्माण गरिरहेको छ । करिव १८.३ हेक्टर क्षेत्रफलको सार्वजनिक जग्गामा वस्ती निर्माण भइरहेको एनआरएनएका ओभरसेर डिल प्रसाद गुरुङले बताए । हाल सम्म करिव ९० प्रतिशत काम सम्पन्न भएको उनले दावी गरे । संरचना सबै तयार भइसकेको छ । १५ घर वाहेक सवै घरमा छाना छाउने काम सकिएको उनले जानकारी     दिए । झ्याल ढोकाहरु फिटिङ हुदैछन् । घरमा रङरोकन भइसकेको छ । हाल सम्म करिव ९० प्रतिशत काम सम्पन्न भएको गुरुङको दावी छ । घर निर्माणका लागी स्थानीयले श्रमदान पनि गरेका छन् । आठ ट्याक्टर ढुंगा र ४० बोरा गिटी स्थानीयले जुटाउनुपर्ने बाध्यता छ । त्यस्तै आवश्यक काठ भूमे मण्डली सामुदायिक वनबाट स्थानीय आफैले बोक्नुपर्छ । श्रमदान सहित एक घर निर्माणका लागी १२ लाख रकम खर्च भएको एनआरएनएले जनाएको छ । यो रकम हिसाव गर्दा नमूना वस्ती निर्माणका लागी कुल ६८ करोड ७६ लाख खर्च हुनेछ । वस्ती निर्माणका लागी हाल एक सय पचास जना नेपाली सेना र एक सय जना मजदुर खटिएका छन् । नमूना वस्तीमा बनाइएका प्रत्येक घरमा दुइ कोठा र वुइँगल छन् तर शौचालय छैन । शौचालय बनाउने–नबनाउने निर्णय अहिले सम्म एनआरएनएले गर्न सकेको छैन । चिठ्ठा थुतेर लाप्राकीले नमूना वस्तीमा आफ्नो घर छनोट गरिसके । तर पुरानो गाउँ छाड्न उनीहरु आनाकानी गरिरहेका छन् । गुप्सीपाखाको एकीकृत वस्तीमा लाप्राकीहरु बस्न नचाहनुको कारण मध्य एक शौचालय पनि हो ।
‘घर मात्र भएर के काम न आँगन छ, न शौचालय, दिसापिसाव गर्न कहाँ जानु दौडेर पुरानै गाउँ आउन भएन,’ स्थानीय मन बहादुर गुरुङले भने । एक घरधुरीको भागमा करिव तीन आना जग्गा परेको            छ । जग्गा कित्ताकाट गरेर लालपुर्जा उपलब्ध गराउने तयारी एनआरएनएले गरिरहेको छ । तर अधिकांश भाग घरले ओगटेका कारण चाहेर पनि लाप्राकीले खेति गर्न सक्दैनन् गुप्सीपाखाको नमूना वस्तीमा ।


एनआरएनएले समयमै वस्ती निर्माण गरेर हस्तान्तरण गर्न पनि सकिरहेको छैन । बारम्वार भाका सारिरहेको छ । चौथो भूकम्प स्मती दिवसको अवसर पारेर वस्ती हस्तान्तरण गर्ने योजना पनि सफल हुन सकेन । एनआरएनएले फेरि जेठ ४ गतेका लागी भाका सारेको छ । तर कामको गति हेर्दा जेठमा पनि काम सम्पन्न हुने अवस्था देखिदैन ।  एक त लाप्राकीहरु               पुरानो गाउँ छाडन् आनाकानी गरिरहेका छन् अर्का तर्फ एनआरएनएले पनि काममा ढिलाइ गरिरहेको छ । गुप्सीपाखाको नमूना वस्तीमा जीवन निर्वाह गर्ने माध्यम देखेका छैनन् लाप्राकीले । त्यसैले त पुरानो गाउँ छाडेर नयाँ वस्तीमा सर्न खोजिरहेका छैेनन् उनीहरु । तर पहिरोको जोखिममा रहेको पुरानो गाउँमा बस्न पनि त्यति उचित हुदैन । गुप्सीपाखाको बस्तीलाइ होमस्टेको रुपमा संचालन गरेर आयआर्जन गर्न सकिने सरोकारवालाहरु बताउछन् । तर एनआरएनएले पनि स्थानीयको आवश्यकतालाइ मध्यनजर गर्दै वस्ती निर्माणको योजना बनाएको भए नयाँ घरमा सर्न स्थानीयहरु आतुर हुने थिए । कतै एनआरएनएले वस्ती निर्माणका लागी खर्च गरेको करोडौ रकम वालुवामा पानी हुने त हैन !


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda