सर्ने भन्दा नसर्ने रोग स्वास्थ्यका लागी हानिकारक
सर्ने भन्दा नसर्ने रोग स्वास्थ्यका लागी हानिकारक
गोरखा ः नेपालमा सर्ने रोग भन्दा नसर्ने रोग मानव स्वास्थका लागी हानिकारक रहेको स्वास्थ्य कर्मीले बताएका छन् । जिल्ला स्वास्थ्य कार्यालय गोरखाद्धारा आयोजना गरिएको स्वास्थ्य संचार सचेतना कार्यक्रममा तथा रक्तचाप मापन राष्ट्रिय अभियान कार्यक्रममा सहभागि स्वास्थ्यकर्मीले सर्ने भन्दा नसर्ने रोगको वारेमाजानकारी गराएका हुन् ।
नेपालमा सर्ने रोगबाट ४० प्रतिशत र नसर्ने रोगबाट ६० प्रतिशत मानिसको मृत्यु हुने गरेको जनस्वास्थय कायालय गोरखाका सूचना अधिकृत नवराज खडका्ले बताए । मानिसहरुको खानपान, जीवनशैलीमा आएको परिवर्तन र बढि सुविधा उपभोगी हुदै जानु नसर्ने रोगबाट मृत्यु हुने मुख्य कारण रहेको उनको भनाइ छ । न्यून आयस्रोतका कारण अल्पविकसीत देशहरुमा ८२ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगका कारण हुने एक प्रतिवेदनले देखाएका उनले बताए । विहान उठ्ेर नियमित व्यायम गर्ने, नुहाउने, स्वस्थ्य खानपान अपनाउने, स्वास्थ्य संस्थामा नियमित चेकचाँज गर्ने बानी बसाल्न सकेमा नसर्ने रोगको नियन्त्रणका गर्न सकिने खड्काको भनाइ छ । खानपिनमा नुन, चिनी, घिउ लगायतको सेतो चिज घटाउदै लानु पर्ने उनले बताए । विकसित भन्दा अल्वविकसित देशहरुमा नसर्ने रोग दिननुदिन बढिरहेको प्रति कार्यक्रममा सहभागिहरुले चिन्ता जनाए ।
नसर्ने रोगहरुमा धेरै मुटु तथा रक्तनली सम्बन्धी रोगहरु, मधुमेह, क्यान्सर, दीर्घ श्वासप्रस्वाश रोगहरु लाग्ने गरेको उनले बताए । नेपालमा हरेक ४ जनामा १ जनामा उच्च रत्त चाप हुने गरेको पनि उनले बताए । पछिल्लो समयमा युवा पुस्तामा धेरै जस्तो मध्यपान तथा सुर्ती जन्य पदार्थ सेवन बढ्दै गएको बताउदै यो सबैका लागि चिन्ताको विषय बनेको सहभागीहरुले बताए ।
नसर्ने रोगहरुको रोगथामका लागि स्वास्थ्य सम्बन्धी जनचेतना पैmलाउने, सानै देखि बालबालिकाहरुलाई स्वास्थ्य जीवनशैली अपनाउने बानी बसाल्नु पर्ने र कुनै रोग देखा परे छिटै पहिचान गरी न्यूनीकरणमा गर्न तर्पm लाग्नु पर्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दिपक सुवेदीले जानकारी दिए । सर्नै रोगहरुको उपचार स्वास्थ्य सस्थाले गरेपनि नसर्ने रोगको जिम्मेवारी भने आपैmले लिएर सचेत हुनुपर्ने उनलेब ताए । स्वास्थ्यमा कुनै रोग लाग्ने वित्तिकै समयमै सचेत भइ जति चाडो उपचार ग¥यो त्यति नै कम खर्च हुने उनले बताए ।