फुटपाथ अतिक्रमणः सानालाई ऐन, ठुलालाई चैन

फुटपाथ अतिक्रमणः सानालाई ऐन, ठुलालाई चैन


बिहिबार, बैशाख २६, २०७६


फुटपाथ अतिक्रमणः सानालाई ऐन, ठुलालाई चैन

केशव गुरुङ

गोरखा ःअतिक्रमीत फुटपथ हटाउन वुधबार गोरखा  नगरपालिकाका कर्मचारी दलवल सहित अनुमगनमा निस्कीए ।
अनगुमन टोलीलले वजार परिक्रमा गर्दा मुख्य वजार क्षेत्रको ठाउँ–ठाउँका फुटपाथमा असरल्ल राखिएका ब्यपारीका सामाग्री हट्ने भन्दै सवैभन्दा खुसी पैदलयात्री देखिन्थे । तर अनुगमन टोलीका सदस्यले साना ब्यपारीलाई हटाउन जति प्रयास गरे ठुला ब्यपारीको पसल तर्फ आँखा लगाउन समेत सकेनन् । एक पैदल यात्री भन्दै थिए,‘कानुन सानालाई मात्र  रहेछ ।’ वुधबारको अनुगमनबाट के प्रस्ट हुन्छ भने गोरखा वजारको वर्षौदेखिको अब्यवस्थीत रुपमा फुटपाथमा राखिएका सामाग्री हटाउने नगरपालिकाको योजना प्रसंसनिय छ । तर कानुन साना ठुला दुवै ब्यपारीलाई उस्तै हुनुपर्ने हो । एक इन्च भएपनि फुटपाथ अतिक्रमण गरिएको छ भने हटाउने दायीत्व पनि नगरपालिकाकै हो । तर वर्दिधारी प्रहरीको साथ लिएर अनुगमनमा निक्लदा ठुला  ब्यपारीले फुटपाथमा राखेको सामाग्री तथा फुटपाथ मिचेर वनाइएका पक्की र कच्चि संरचना देखे पनि नदेखे जस्तो गर्ने  परिपाटी कहिले सम्म ? प्रश्न उब्जन सक्छ, ठुला ब्यपारीले किन र कसरी प्रभाव पारे वा अनुगमन टोली ब्यपारी सँग किन डराए ? व्ुधबार ठुला ब्यपारीले अनुगमन टोलीलाई वेवास्ता र अटेरी मात्र गरेनन्, नगरको कानुनको धज्जी उडाएको प्रस्ट देखिन्थ्यो । यस्तै परिपाटीले निरन्तरता पाउने हो भने अब्यवस्थीत फुटपाथ ब्यवस्थापन गर्ने गोरखा नगरपालिकाको मौसमी योजना वाहेक अरु केहि हुनै  सक्दैन । फुटपाथ मिचेर वनाइएका पक्कि र कच्चि संरचनाले पैदलयात्रीलाई असहज भएको  कुरा छिपेर छिप्दैन । फुटपाथ सँगै  अब्यवस्थीत पार्कीङ र ब्यपारीक प्रयोजनका लागी राखिएको सामाग्री छलेर हिड्नुपर्ने वाध्यता त वर्षौदेखिको हो । यस्तो परिपाटीले पैदलमार्ग हुनु–नहुनुमा कुनै अर्थ  राख्दैन ।
फुटपाथ मिचेर वनाइएका टहरा तथा पसल ब्यवसाय हटाउन पहिलो चरणमा सुचना जारी गरी नगरपालिकाले पत्र काटेको थियो । केहि दिन अघि नगरपालिकाका कर्मचारी ‘फिल्ड’मै खटिएर फुटपाथ अतिक्रमण गरि संचालित पसल तथा टहरो हटाउन ब्यपारीलाई निर्देशन समेत दिए । पटक–पटकको निर्देशन अवज्ञा गर्दै अटेरी गर्ने ब्यपारीको सामान जफत गरिएको अनुगमन टोलिमा सहभागी  गोरखा नगरपालिकाका कर्मचारी धुव्र घिमिरेले बताए । वुधबार मुख्य वजार क्षेत्रको फुटपाथ अतिक्रमण गरि ब्यपारीक प्रयोजनका लागी   राखिएको पाँच ब्यपारीको सामाग्री जफत गरिएको उनले जानकारी दिए । ‘पुरानो वसपार्क नजिकैको पाँच अब्यवस्थीत टहरा पनि भत्काएका छौँ,’ उनले भने ।



घ्याम्पेशाल वसपार्कको चटपट पसल, विसौनी मोडमा संचालित आइसक्रिम र फलफुल पसल तथा असरल्ल छाडिएका निर्माण सामाग्री जफत गरिएको उनले बताबए । ‘फुटपाथमा ब्यपार गर्दा पैदलयात्रीलाई आउजाउमा समस्या प¥यो,’घिमिरेले भने,‘ पटक–पटक फुटपाथमा ब्यपार नगर्नु भन्दा पनि अटेर गरेपछि सामानै जफत   गरेका हौँ ।’ उद्योग वाणिज्य संघ लगायतका सरोकारवाला सँग समन्वय गरेर ठुला ब्यपारीले फुटपाथ मिचेको भए हटाउने उनले बताए । ‘सवैसँग सहकार्य गरेर फुटपाथ क्लिएर गरेरै छाँड्छौ,’ उनले भने । नगर क्षेत्रमा ३९       ब्यपारीले अवैध रुपमा फुटपाथ मिचेर पसल ब्यवसाय संचालन       गरेकोमा सवैजसोलाई हटाइसकेको नगरपालिकाको दावी छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda