मोवाइल तथा खोज पत्रकारिता तालिम
मोवाइल तथा खोज पत्रकारिता तालिम
गोरखा ः जिल्लामा क्रियाशिल पत्रकारलाइ लक्षित गरी संचालन भएको मोवाइल तथा खोज पत्रकारिता सम्बन्धि तालिम आइतवार सम्पन्न भएको छ ।
दुइ दिन सम्म संचालन भएको तालिममा सेतोपाटीका मनोज सत्यालले मोवाइल पत्रकारीता बारेमा जानकारी गराएका छन् । त्यस्तै खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेले खोज पत्रकारीता बारे सहजीकरण गरे । पत्रकार महासंघ गोरखाको आयोजनामा भएको तालिममा भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुननिर्माण परियोजना र कारितास नेपालले समन्वय गरेका हुन् । पत्रकारीता क्षेत्रमा नयाँ प्रविधिको प्रयोग सँगै लेखन सिपको बिकास गराउने उदेश्यले तालिमको आयोजना गरिएको महासंघ गोरखाले जनाएको छ ।