स्रष्टाद्वय केसी र यज्ञश सम्मानित
स्रष्टाद्वय केसी र यज्ञश सम्मानित
गोरखा ः आबुँखैरेनी वाङ्मय पुरस्कार ‘भूइयाँ’ कृतिका सर्जक यज्ञश र ‘इन्द्रासन हाँस्यव्यंग्य पुरस्कार’ वरिष्ठ हाँस्य कलाकार उत्तम केसीलाई प्रदान गरिएको छ ।
शनिबार आवुखैरेनी स्रष्टा समाजले एक समारोहका विच द्घयलाई सम्मान र पुरस्कृत गरेको छ । उनीहरुलाइ जनही १० हजार नगद गण्डकी प्रदेशका आन्तरिक मामिला तथा संघीय कानुनमन्त्री हरिबहादुर चौहानले पुरस्कार प्रदान गरे । सोही अवसरमा २०७४ को महेशकुमार श्रेष्ठ प्रतिभा पुरस्कार आँबुखैरेनी बहुमुखी क्याम्पसका व्यवस्थापन र शिक्षा संकायका २०७४ का उत्कृष्ट विद्यार्थी विमला सारु मगरलाई प्रदान गरिएको छ । नेपाली कला तथा साहित्य क्षेत्रमा विशेष योगदान पु¥याउनेलाई वर्षेनी सम्मान गर्दै आएको स्रष्टा समाजका अध्यक्ष अनिल श्रेष्ठले बताए । कार्यक्रममा सम्मानित स्रष्टाका बारेमा सञ्चारकर्मी तथा मिलाप मासिकका प्रधान सम्पादक कृष्ण भुसाल र साहित्यकार कुमार नगरकोटीले बोलेका थिए । स्थानीय कलाकार तथा स्रष्टाहरुका प्रस्तुतिको साथमा सम्मानित केसी र गीता नेपालले प्रहसन प्रस्तुत गरेका थिए ।