महालक्ष्मीमा छात्र शौचालय
महालक्ष्मीमा छात्र शौचालय
एभरेष्ट बैकले गोरखा नगरपालिका–९ लक्ष्मीबजारको महालक्ष्मी माविमा छात्र शौचालय निर्माण गरिदिएको छ ।
कुल पाँच लाख ७० हजार लागतमा निर्माण भएको शौचालयको मंगलवार एक कार्यक्रमका बिच गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले उद्घाटन गरे । बैकको कुल नाफाको एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व खर्च गर्नुपर्ने राष्ट्र बैकको निर्देशन अनुसार शौचालय निर्माण गरिएको एभरेष्ट बैकका गोरखा शाखा प्रवन्धक चन्द्र गुरुङले बताए ।