बुद्धको अनमोल वचन, जसले सोच्ने शैली बदल्छ

बुद्धको अनमोल वचन, जसले सोच्ने शैली बदल्छ


शनिबार, जेष्ठ ४, २०७६


बुद्धको अनमोल वचन, जसले सोच्ने शैली बदल्छ

हामी जहाँ जन्मियौं, त्यो गौतम बुद्धको जन्मभूमी पनि हो भनेर गर्व गर्छौं । अहिले पनि हामी ‘गौतम बुद्ध जन्मिएको देश’ भनेर सगर्व नेपालको चिनारी दिन्छौ । यद्यपी गौतम बुद्ध किन विश्वमा कहलिए ? उनले चराचर जगतका लागि के गरे ? उनीबाट मानव जीवनका के कुरा सिक्न सकिन्छ ?

उनी ईसा पूर्व ५६३ पहिले कपिलवस्तुमा जन्मिएका थिए, राजा शुद्धोधन र मायादेवीको कोखबाट । अतः यहाँ गौतम बुद्धको केही अनमोल वचन प्रस्तुत गरिएको छ, जसले तपाईंको सोंच बदल्न सक्छ ।



– आज हामी जे छौ, त्यो आजसम्म हामीले के सोच्यौ त्यसैको परिणाम हो । यदि कुनै व्यक्ति खराब सोचले बोल्छ वा काम गर्छ भने उसलाई कष्ट मिल्छ । यदि कुनै व्यक्ति शुद्ध विचारका साथ बोल्छ वा काम गर्छ भने उसलाई खुसीले कहिल्यै छाड्दैन ।

– अतितमा ध्यान नदेउ, भविष्यको बारेमा नसोच । आफ्नो मनलाई वर्तमानको क्षणमा केन्दि्रत गर ।

– स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो । सन्तोष सबैभन्दा ठूलो धन हो । वफादारी सबैभन्दा ठूलो सम्बन्ध हो ।

– तीन कुरा लामो समय लुकाउन सकिदैन, सूर्य, चन्द्र र सत्य ।

– आफ्नो मोक्षको लागि आफै प्रयत्न गरौ, अर्कामा निर्भर हुनुहुँदैन ।

– कुनैपनि विवादमा हामी जसरी क्रोधित हुन्छौ, तब हामीले सत्यको बाटो बिराउँछौ ।

– कुनै हिंस्रक जनवारभन्दा कपटी र दृष्ट साथी खतरनाक हुन्छ । जनवारले त तपाईंको शरीरमा हानी पुर्‍याउँछ । तर एक खराब साथीले तपाईंको बुद्धि भ्रष्ट गरिदिन सक्छ ।

– तपाईंसँग जे छ, त्यसलाई बढाई-चढाई नबताउनुहोस् । न त अर्कालाई इष्र्या नै गर्नुहोस् । जो अर्कालाई इष्र्या गर्छ, उसको मनमा शान्ति कहिल्यै मिल्दैन ।

– घृणा घृणाबाट होइन, प्रेमबाट नष्ट हुन्छ । यो शाश्वत सत्य हो ।

– म कहिल्यै हेर्दिन कि के गरे ? म जहिले पनि हेर्छु कि के गर्न बाँकी छ ?

– विना स्वास्थ्य जीवन, जीवन होइन । बस्, एक पीडाको स्थिती हो । मृत्युको छायाँ हो ।

– हरेक कुरामा सन्देह गर । स्वयम् आफ्नो प्रकाश खोज ।

– सत्यको मार्गमा हिँड्का व्यक्तिले दुई गल्ती गर्न सक्छन्, एक पुरा बाटो तय नगर्नु । अर्को यसको सुरुवात नै नगर्नु ।

– मन र शरीर दुबैको स्वास्थ्य रहस्य हो, अतीतमा शोक नगर्नु, भविष्यको चिन्ता नगर्नु । बरु बुद्धिमानी र इमान्दारीले बर्तमानमा जिउनु ।

– अन्त्यमा यी कुराले सबैभन्दा बढी महत्व राख्छ कि, तपाईंले कति राम्ररी प्रेम गर्नुभयो ? कति पूर्णताका साथ जीवन जिउनुभयो ?

– वास्तवमा तपाईं आफैलाई प्रेम गर्नुहुन्छ भने तपाईंले अरु कसैलाई ठेस पुर्‍याउनुहुन्न ।

– शान्ति भित्रबाट आउँछ, बाहिर नखोज ।

– हामीलाई हामी बाहेक अरु कसैले बचाउन सक्दैनन् ।

– माथि उठ्नुहोस् र आभारी रहनुहोस्, किनभने यदि हामीले धेरै नभएपनि केही त सिक्यौ । हामीले केही नसिकेपनि कम्तीमा बिमार त भएनौ । यदि हामी बिमार भएपनि मर्न त मरेनौ । यसैले हामी सबैप्रति आभारी रहनुपर्छ ।

– तपाईं पुरा ब्रम्हान्डमा यस्ता कुनै व्यक्ति खोज्न सक्नुहुन्छ, जो तपाईंको अधिक माया वा स्नेहका लायक छन् । र, त्यो व्यक्ति कहीँ मिल्नेवाला छैन । यस ब्रम्हान्डमा कोही तपाईंको स्नेह वा मायाको लायक छ भने त्यो स्वयम् तपाईं मात्र हो ।

– गन्तव्यमा पुग्नुभन्दा पहिलो सर्त सही ढंगले यात्रा गर्नु हो ।

– हरेक बिहानी हामी पुर्नजन्म लिन्छौ । त्यसैले आज हामीले के गर्‍यौं ? यही कुराले सबैभन्दा बढी महत्व राख्छ ।

– कोही व्यक्ति यसकारण ज्ञानी कहलिदैनन् कि, उनीहरु केवल बोलछन् मात्र । तर ऊ शान्तिपूर्ण, प्रेमपूर्ण र निर्भय छ भने वास्तवमा ज्ञानी कहलिन्छन् ।

साभारः अनलाइनखबर


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda