काशिगाउँका ६ सय ६७ बिद्यार्थीलाई बिद्यालय पोशाक र शैक्षिक सामग्री
काशिगाउँका ६ सय ६७ बिद्यार्थीलाई बिद्यालय पोशाक र शैक्षिक सामग्री
धार्चे गाउँपालिका–६ काशीगाउँका तीन विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।
आइतबार एक कार्यक्रमका बिच साथी नेपाल कास्कीले एक वर्षलाई पुग्ने शैक्षिक सामाग्री हस्तान्तरण गरेको वडा अध्यक्ष धन कुमार घलले जानकारी दिए । संस्थाले वडा भित्रका मन्जुश्री मावि, यार्साको सुर्यदय प्रावि, चामाखर्कको चन्द्रदय प्राविका कुल ६ सय ६७ विद्यार्थीका लागी शैक्षिक सामग्री सहयोग गरिएको उनले बताए । शैक्षिक सामग्री वितरण गरेको संस्थाले बिद्यार्थीका लागी झोला र बिद्यालय पोशाक पनि वितरण गरेको छ । वडा अध्यक्ष धन कुमार घले अध्यक्षतामा भएको कार्यक्रममा संस्थाकी संयोजक लक्ष्मी कुवर लगायतको उपस्थिति रहेको थियो ।