काममा नगर्ने ठेकेदारलाइ खै कारवाही
काममा नगर्ने ठेकेदारलाइ खै कारवाही
गत असार मसान्त सम्म सम्पन्न भइसक्नुपर्ने बाह्र किलो बारपाक सडकको कामको प्रगति हेर्दा अर्काे बर्षसम्म पनि काम सम्पन्न हुने अवस्था छैन । काम अलपत्र छाडेर भागेका ठेकेदार सम्पर्कमै नआउँदा समस्या छ । चार प्याकेजमा ठेक्का लगाइएको उक्त सडकको हाल सम्म मुश्किलले ६० प्रतिशत काम भएको छ । तर केही ठेकेदार काम अलपत्र पारेर सम्पर्क विहीन छन् । ठेकेदारको यस्तो प्रवृतिले बारपाक सम्मको कालोपत्रे सडक कतै बारपाकीका लागी सपना त बन्ने होइन ?
सर्वसाधारणको भावना सँग खेलेर काममा लापरवाही गर्ने ठेकेदारलाइ कडा भन्दा कडा कारवाही हुनुपर्ने हो । तर कारवाहीका गर्न आयोजनाको खुट्टा कापिरहेको छ । हुन त राजनितिक दलको आडमा सलवलाइरहेका ठेकेदारलाइ कारवाही गर्दा सरुवा हुने हो की भन्ने डर र चिन्ता पनि आयोजना प्रमुखलाइ होला । कारवाही अगाडी बढाए सरुवा नहोला भन्न पनि सकिन्न । किनकी बिकास निर्माणको काममा ढिलाइ गर्ने ठेकेदारलाइ कारवाहीका लागी सहयोग गर्नुको साटो राजनितिक दलले थप प्रश्रय दिइरहेका हुन्छन् । अनि बिकास निर्माण कहिले अघि बढ्छ ।
ठेकेदारको लापरवाहीले सर्वसाधारणले भोग्नुपरेको सास्ती कस्ले बुझ्ने ? न आयोजनाले बुझ्न सक्यो न कहिले ठेकेदारले बुझ्छ । काम नगर्ने ठेकेदारको कम्पनीलाइ कालोसूचिमा राखेर जीवनभर ठेक्का लिन नमिल्ने गरी कारवाही गर्न सक्नुपर्छ । होइन भने सम्झौता अवधिको बर्षाे बितेपनि काम सम्पन्न हुनेछैन । यसबारे सबै सचेत हौ र काम नगर्ने ठेकेदार बिरुद्ध एक्यवद्धता जनाऔ ।