संस्कृति संरक्षणमा जुटौँ
संस्कृति संरक्षणमा जुटौँ
संस्कृति लोप भएसँगै हामीले हाम्रो मौलिकता पनि गुमाउदै गएका छौ । संस्कृती भनेको हाम्रो पहिचान हो । हाम्रो विविध संस्कृतिले गर्दा नै पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याइरहेको छ । तर संस्कृति जर्गेनामा भने हामी चुकीरहेका छौ । संस्कृति बिर्सदै जानुले हाम्रो पहिचानलाइ पनि गुमनाम बनाइरहेको छ ।
विभिन्न जातजातीको साँझा फुलवारी जहाँ आ–आफ्नै संस्कृती छ । संस्कृतिको धनी छौ हामी । तर पुर्खाले संरक्षण गर्दै आएको संस्कृतिको जर्गेनामा युवापुस्ताको चासो देखिएको छैन । रोधी बस्ने चलन हराइसके । घाँटु नाँच लोप हुदै छन् । बिभिन्न चाडपर्वमा हुने जात्रा र मेलामा सहभागीता र आकर्षण घट्दो छ । आफ्नो संस्कृति जर्गेनामा जुट्नुको सट्टा युवापुस्ता बढि पश्चिमी संस्कृति तर्फ आकर्षित छन् । युवा पुस्तामा परम्परागत संस्कृति प्रति मोह घट्दै जाँदा भविष्यमा आफ्नो पहिचान गुम्ने हो कि भन्ने बहस समेत चल्न थालेका छन् । युवा पुस्तालाइ संस्कृति हस्तान्तरण पनि पुर्खाहरु चुकिरहेका छन् । त्यसैले पराम्परागत देखि रहिआएको संस्कृति संरक्षणका लागि राज्यबाट वा स्थानीय तहबाट पनि आवश्यक पहल गर्नु आवश्यक छ ।
तर केही ठाउँमा भने संस्कृति जर्गेनाका लागी प्रयासहरु शुरु भएका छन् । घाँटु नाँच संरक्षणका लागी गुम्दामा समिति गरिएको छ । लाप्राकमा यस अघि नै समिति गठन भइसक्यो । यसरी नै सबै मिलेर संस्कृति जर्गेनामा लाग्ने हो भने हामीले हाम्रो संस्कृतिको संरक्षण गर्न सक्नुका साथै पहिचान पनि कायम राख्नेमा कुनै दुइ मत छैन । आ–आफ्नो जातीको मौलिक संस्कृति संरक्षण गर्न युवापुस्ता अग्रसर हुनु जरुरी छ । लोप हुन लागेको संस्कृति संरक्षणमा सबैको एक्यवद्धता आवश्यक छ ।