महिलालाई बाख्रापालन तालिम
महिलालाई बाख्रापालन तालिम
डिप्रोक्स लघुवित्त बित्तिय संस्थाले आफ्ना ग्राहक सदस्यको क्षमता अभिवृद्धि गर्न एक दिने बाख्रापालन तालिम दिएको छ । बाख्रापालनबाट जिविकापार्जनमा सहयोग पु¥याउने उदेश्यले संस्थाले शाखाका आबद्ध ४६ महिलालाई तालिम दिएको जनाएको छ । तालिममा बुङकोट, खोप्लाङ, मिरकोट, श्रीनाथकोट, अश्राङ, ताक्लुङ, गाखु तथा गोरखा नगरपालिकाका महिलाहरुको सहभागिता रहेको शाखा प्रवन्धक कृष्ण गोपाल पन्तले बताए । कार्यक्रममा मुख्य प्रशिक्षक नगरपालिका पशु विकास शाखाका सानुकाजी वन्त र टिका बहादुर नेपालीले बाख्रा पालनको महत्व, बाख्राका जातहरु, नश्ल सूधार, खोरको व्यवस्थापन, बाख्रामा लाग्ने रोग तथा तिनबाट बच्ने उपायहरु बारेमा जानकारी गराएका छन् ।
संस्थामा आवद्ध रहेका सदस्यका छोराछोरी मध्ये २०७४ सालमा एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने सदस्य संजिता श्रेष्ठको छोरा मनिस श्रेष्ठलाई नगद पुरस्कार सहित प्रशंसा पत्र दिइएको छ । संस्थाका गण्डकी प्रदेश प्रमुख हरिप्रसाद मरहट्टाको अध्यक्षतामा भएको कार्यक्रममा गोनपा–८ का वडा अध्यक्ष कृष्ण बहादुर के.सी, कृष्ण गोपाल पन्त लगायतले मन्तव्य राखेका थिए ।