तीन खानेपानी आयोजना स्वच्छ खानेपानीयुक्त घोषणा
तीन खानेपानी आयोजना स्वच्छ खानेपानीयुक्त घोषणा
गोरखा ः आरुघाट गाउँपालिका–५ आरुआर्वाङका तीनवटा खानेपानी आयोजना स्वच्छ खानेपानीयुक्त आयोजना घोषणा भएका छन् ।
रातोपाते धोविखोला, जलदेवी भुमेस्थान र कार्की बिरौटा खानेपानी आयोजनालाई स्वच्छ खानेपानीयुक्त आयोजना घोषणा गरिएको हो । सुरक्षित खानेपानीयुक्त समुदाय बनाउने अभियान अन्तरगत स्वच्छ खानेपानीयुक्त आयोजना घोषणाा गरिएको उत्पीडित समुदाय विकास शाखा अनुसन्धान केन्ऽ (कोसडर) गोरखाका कार्यक्रम संयोजक काजिराम रोकाले बताए । यूनिसेफको आर्थिक र कोसडरको प्राविधिक सहयोगमा काम भएको हो । ‘सबैभन्दा पहिले पानीको मुहानमा गएर कोलिर्फम मापन गर्रुयौ अनि आर्सेनिक र इको प्यारामिटर जाँच ग¥यौ,’ कोसडरका इन्जिनियर भिमसेन श्रेष्ठले भने । उक्त मापनबाट पानीमा किटाणु भए नभएको थाहा हुने उनले बताए । ‘किटाणु नभेटिएपनि तीन वटै आयोजनाको मुहान क्लोरिनेसन ग¥यौ,’ उनले थपे । आयोजनाका स्रोत, भण्डारण, वितरण प्रणाली, धारा र घरायसी भण्डारण सवैको गुणस्तर मापन समेत गरिएको श्रेष्ठले जानकारी दिए । स्वच्छ खानेपानीयुक्त समुदाय घोषणा भएका उक्त आयोजनाको महिना महिनामा पानीको गुणस्तर र शुद्धता परिक्षण गर्नुपर्ने उनको भनाइ छ । आफ्नो पालिका भित्रका तीन आयोजना स्वच्छ खानेपानीयुक्त आयोजना घोषणा भएको प्रति गाउँपालिका अध्यक्ष पूर्ण दाहाले खुशी व्यक्त गरे । पालिका भित्रका सबै खानेपानी आयोजनालाइ स्वच्छ खानेपानीयुक्त घोषणाका लागी पहल गर्ने उनले प्रतिवद्धता जनाए । शहीद लखन गाउँपालिका नाम्जुङ्गको रिपखोला खानेपानी आयोजना र सिरानचोक गाउँपालिकाको खैरेनीवन खानेपानी आयोजनालाइ पनि स्वच्छ खानेपानीयुक्त आयोजना घोषणाको अन्तिम तयारी भइरहेको कोसडरका कार्यक्रम संयोजक रोकाले बताए । यसअघि जिल्लाका ११ वटै स्थानीय तहका जनप्रतिनिधि तथा प्राविधिकलाई खानेपानी सुरक्षा योजना सम्बन्धी चार दिने तालिमसमेत उपलब्ध गराइएको उनले जानकारी दिए । मुहानदेखि मुखसम्म कसरी स्वच्छ खानेपानी उपभोग गर्न सकिन्छ भन्ने बारे तालिममा सहजीकरण गरिएको उनको भनाइ छ । घरमै पानी पाएर खुशी भएका स्थानीयहरु पानीको शुद्धता मापनसमेत हुन थालेपछि दंग छन् ।