स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम ः बल्ल सडक स्तरोन्नतीको काम शुरु हुदै

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम ः बल्ल सडक स्तरोन्नतीको काम शुरु हुदै


आइतवार, जेष्ठ १२, २०७६


स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम ः बल्ल सडक स्तरोन्नतीको काम शुरु हुदै

गोरखा ः स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाको दुई निर्वाचन क्षेत्रका संघीय सांसदहरुले सडक, खानेपानी, सामुदायिक भवन र सिंचाइमा प्राथमिकता राखेका           छन् ।
गोरखा क्षेत्र नं २ मा डा. बाबुराम भट्टराईले २१ योजनाका लागि ४ करोड रकम विनियोजन गरेका छन् । भट्टराईको मुख्य प्राथमिकतामा सडक र सिचाइ           परेको छ । तर आर्थिक वर्षको सकिन लाग्दा अधिकाश सडक  स्तरोन्नती कार्य समयमै सम्पन्न हुन मुश्किल देखिएको छ । क्षेत्र नम्वर दुइमा प्राथमिकतामा परेका सडक मध्ये सिरानचोक र अजिरकोट गाउँपालिको दुध पोखरी मार्गको सिम्ले–केरावारी–नेपाने–भीरसिंह–बुद्घसिंह सडक खण्डक नयाँ ट्र¥याक खोल्नका लागि ६० लाख विनियोजन गरिएको छ । सो सडक खण्डको स्तरोन्नती कार्य हाल सम्म सिरानचोक गाउँपालिका तर्पm ८० र अजिरकोट तर्पm १५ प्रतिशत काम सम्पन्न भएको छ । उपभोक्ता समिति गठनमा ढिलाई भएकाले काममा ढिलाई भएको अजिरकोट गाउँपालिकाका इन्जिनीयर लक्ष्मण न्यौपानेले जानकारी दिए ।
कुलगाउँ पोखरी–स्नान गाउँ मान्द्रे सडक नया ट्रयाक खोल्नका लागि ६० लाख छुट्टाइएको छ । उत्त सडको हाल सम्म ९० प्रतिशत काम सम्पन्न भएको बारपाक सुलिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव गुरुङले जानकारी दिए । त्यस्तै खानेपानी आयोजना तर्फ गोरखा नगरपालिका स्थिति शिखरडाँडा–नौकिलो स्याउली खानेपानी योजनाका लागि ३५ लाख विनियोजन गरिएको छ । सो आयोजनाको काम हाल सम्म करिब ३५देखि ४० प्रतिशत सकिएको गोरखा नगरपालिकाका इन्जिनियर प्रकाश ढकालले           बताए ।
सोहि कार्यक्रम अन्र्तगत        गोरखा नगरपालिका–१३ देउरालीको मजुवा–सिम्ले–गोप्लिङ–अकला मन्दिर सडक स्तरोन्ततिको काम भने हाल सम्म पनि शुरु हुन सकेको छैन । त्यस्तै क्षेत्र न १ का प्रतिनिधि सभाका सांसद हरिराज                 अधिकारीले आफ्नो निर्वाचन क्षेत्रमा २० योजनामा ४ करोड रुपैया बजेट विनियोजन गरेका छन् । अधिकारीको प्राथमिकतामा सडक, सामुदायिक भवन, खानेपानी र शिक्षालाई प्राथमिकतामा राखेका छन् । अधिकाश सडक स्तरोन्नती कार्य भने हालसालै मात्र शुरु भएको छ भने सामुदायिक भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत भिमसेन थापा गाउँपालिका–३ को काशीखोला–चौतारा–धावा सडक स्तरोन्नतीका लागी ५० लाख विनियोजन गरिएको छ । उपभोक्ता समिति गठनमा ढिलाइ भएकाले बैशाख मसान्तबाट मात्र काम शुरु भएको  गाउँपालिकाका प्रशासकीय अधिकृत कृष्ण थापाले जानकरी  दिए । सोहि गाउँपालिकाको बोर्लाङ नारायणपुर–झप्री–विर्दी–रुखाथुम सडक स्तरोन्नतीका लागी २५ लाख विनियोजन भएको तर हाल सम्म पनि उत्त सडकको काम शुरु नभएको उनले बताए ।
गण्डकी गाउँपालिका           अन्तरगत फुजेल आमडाडा–पौवा–कौदी–रानीश्वारा सडक स्तरोन्नती लागि ५० लाख विनियोजन              गरिएको छ । उत्त सडक निर्माणका लागी सम्झौता गरि बैशाख मसान्तबाट काम शुरु भएको इन्जिनियर तुलसी घिमिरेले जानकारी दिए । सोहि कार्यक्रम अन्तर्गत धार्चे गाउँपालिका–५ माछाखोलामा सामुदायिक भव  निर्माणका लागि २५ लाख र उहिया माथिल्लो गाउँ सामुदायिक भवन निर्माण लागि २० लाख बजेट विनियोजन गरिएको छ । माछाखोलाको ७० प्रतिशत र उहियामाको ८० प्रतिशत काम सम्पन्न भएको गाउँपालिकाका प्रसाशकीय अधिकृत बाबुराम पाण्डेले जानकारी दिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda