उत्तरी गोरखाको अविस्मरणीय यात्रा (फोटो फिचर सहित)

उत्तरी गोरखाको अविस्मरणीय यात्रा (फोटो फिचर सहित)


बुधबार, जेष्ठ १५, २०७६


उत्तरी गोरखाको अविस्मरणीय यात्रा (फोटो फिचर सहित)

यदु अधिकारी

यात्राको क्रम रोचक थियो,   कोरियन शब्द खिम्चीले सबैलाई उत्सुक बनायो । बालुवा बजारमा खाना खाएपछि ऐतिहासिक बारपाक मान्द्रेको उकालो काटियो । बाल्यकालमा अध्यापन गर्न जादा हिडेका सिँढीहरु चौताराहरु र घले राजाको ढुङ्गामा रहेको हातको छाप र बारपाक कोटबाट कुखुरा निस्कने (रगत निस्कने) ठाउँको बारेमा डा. मनबहादुर गुरुङले भनेका याद भयो ।



जेष्ठ नागरिकहरुको भेलामा गुरुङ घले भाषामा पनि आदरार्थी द्याङ छया(बस्नुहोस) भनेर स्थानीय सुक बहादुर विकले सुनाउदा  बारपाकका जेष्ठ नागरिक जिल्ल परे । संकर खोलाको छेउमा पुराना हितैषी पुर्ण बहादुर घले(किलु बाबा) छात्र धनबीर घले र डम्बर सि घले र दोस्रो विश्व युद्ध लडेका स्थानीय भाषामा गीत गाउने गायकसँगको भेट भयो । हाँस ठट्टा गर्दै हाम्रो भाषामा क कहिले आयो, ख खानेकुरा मिठो, ग बन्चरो, घ काटेको, ङ हामी पाँच, च खाउ, ज जाउ, झ झर जस्ता शब्द  रोचक ढङ्गले सुनाउदै हसाउने काम गरे ।

 

बारपाकको भाषा सस्कृतिको चर्चा गर्दै ऐतिहासिक घले राजाको बारपाककोट अवलोकन गर्दै भूकम्पको केन्द्र सिन्द्रा अवलोकन ग¥यो । ऐतिहासिक माने डाँडाको चौतारो फेवो खलकले बनाएका  रहेछन् ।

प्राचिन काल देखि नै निहा निसाफ गर्ने, थकाई मार्ने, बेलामौकामा जात्रा लाग्ने, मनोरम चौतारोमा बसियो । पुराना भलिबल खेलाडी क्याप्टेन ओम गुरुङसँगको भेटले भिसिको गाउँमा हजारौ युद्धा र खेलकुदका निपुण वारपाकीहरुले स्वदेशी र विदेशी क्षेत्रमा नाम कमाएको पुनःस्मरण भयो ।

त्यहा असिना बार्ने चलन आदि काल देखि चलेको हो । मेरो गाउँ लप्सीबोटमा पनि लामाले ओले थापेर आसिना तर्काउने काम गर्दछन् । ओले थापेको दिनमा गोरु जोत्न, ढिकी जाँतो गर्न, मकै भुटन पाइदैन । भक्याम्पलाको खुकुरीको दाप जस्तो पातलो फिरफिरे बनाई रुगमा बाधेर आसिना तर्काउने मन्त्र लामाले उच्चारण गर्दा सबै गाउँलेहरु आनन्दित हुन्छन् ।


आदिवासीहरुले बुद्ध धर्मको शान्तीको प्रतिक अनिष्ट निवारक पन्च महाभूत(पृथ्वी, जल, तेज, बायु, आकाश) झल्काउने झण्डा लामाले मन्त्र पढेर घरघरमा नयाँ वर्षमा फरफराउने गर्दछन् । यो व्रmम बुद्ध धर्मालम्बीहरुको विशेषता नै हो । थकाइ मार्ने ऐतिहासिक ताक्ले चौतारो(सिंकापरे) चौतारो रोचक थियो । त्यो चौतारो मुनी भूकम्पले क्षति पु¥याएको बासस्थान भत्किएको थियो । निमुखा गरिबहरुको बस्ने ठाउँ नहुदा विचल्ली भएको देख्दा सारै नमच्चा लाग्यो । विश्वकर्माहरु पाल टाकेर तल बसेका छन भनी गोरखाका पत्रपत्रिकाले छापेपनि राज्यले कुनै टुङ्गो भने लगाएको देखिएन् ।

घले राजाले बाघ बाधेको भनिएको टिस्याङ कू को ढुङ्गो देख्दा कस्ले खोपेको हो, त्यो पुरातत्व विभागले प्रमाणित नगर्दा सम्म केहि भन्न सकिएन । एसइइ दिएका भाइलाई विदाइ गरे पछि ऐतिहासिक सुनान, मम्चे डाँडा र  पुसु डाँडा पुग्यो । बौद्ध हिमाल, नागे पोखरी, धार्चेको लेक, रुपीनाला भज्याङ र गोरखाका कालीकाको मन्दिरका साथै वेशीभाँड देखिने त्यो ठाउँ निकै सुन्दर थियो ।

प्रकृतिले नै यी प्राध्यापकहरुलाई स्वागत गरेको आभास हुन्थ्यो । तीन किसिमका लालीगुरासहरु ढकमक्क फुलेको देख्दा थकित भएको मन ज्यादै आनन्दित भएको थियो । पुर्खाले नुन र आलु साट्न जाने पसिना काटेको त्यो ठाउँ फलाम खानीको लागि चर्चित थियो ।
आजकल नुन र आलु साट्न जाने किसानहरुको सट्टा स्वदेशी र विदेशी पर्यटकहरुले यात्रा गरेको देख्दा मम्चे डाँडाले सौन्दर्यमा गर्व गरेको अनुभुति हुन्थ्यो । लाप्राकमा अध्ययन गरेका हितैषी मित्र बासु सरलाई त्यहाको गुरुङ घले भाषा अवगत थियो । उहाँलाई सबै सवि भनेर सम्बोधन गर्दा रहेछन् । कता–कता पुसु डाँडाको ध्वजाले हामी सबैलाई फरफराएर स्वागत गरे जस्तो लाग्यो ।

लाप्राकको गुप्सीपाखा हुदै इमानसिं पर्यटकीय स्मारक हुदै  रिन्जीलुङमा पुग्यौँ । हामीसँग बारपाकबाट गएको भोटे कुकुरलाई स्थानीय भोट कुकुरले झम्टियो । बच्नका लागि मेडमहरुको विचमा पुग्यो । एक्कासी लाप्राकको कुकुरले झम्टे पछि त्यो कुकुर पनि उफ्रियो ।  विजु मेडमलाई धकेलेछ । दुर्भाग्यबश मेडम पछारिनुभयो । मेडमको घुँडामा असर परेछ । उत्सुक भएको प्राध्याकको टोलि त्यो घटनाले गर्दा ज्यादै खिन्न  भए । प्रधानध्यापक धन बहादुर गुरुङ गोरखा क्याम्पका विद्यार्थी हुनाले सहयोग गर्न आइपुगे ।

उनले गाउँहरु सबैलाई जम्मा गरेर भाषा र सस्कृतिको बारेमा अध्ययन गर्ने औपचारिक कार्यक्रम नै गराए । पुराना मित्रहरु सन्तोष गुरुङ, किसान गुरुङ, विस बहादुर गुरुङ र मारसिङको योगदान लाप्राकमा उल्लेखेनिय पाइन्छ । लाप्राकका जनसमुदायको सदभावले  हामी गदगद भयौँ । औपचारिक कार्यक्रम पनि ग¥यो । पुर्खाले चार किल्ला बाधेर बस्ती बसालेका  रहेछन् भनेर त्यहाका जेष्ठ  नागरिकले लाप्राकको महिमा  सुनाए । स्थानीय शिक्षिका उम्नी गुरुङले त्यहाँका रहन सहनका बारेमा मेडमहरुलाई अवगत गराएकी थिइन् । त्यहाको भाषा एउटै भए पनि भाषिका जस्तो भान  हुन्थ्यो ।

स्थानीय भाषा र नेपाली भाषामा जोड दिनु पर्छ भन्ने सन्देश लाप्राकीहरुले दिएको भान हुन्थ्यो । समाजसेवी मारसिंले त नेपाली भाषा र स्थानीय तमु भाषामा पाठ्यव्रmम निर्माण गरी पाठ्य पुस्तक लेख्नु पर्छ भनेर प्राध्यापक वर्गलाई सचेत पनि गराए ।

सिकलेसबाट आएका पुङ्गीलामा, लामिछाने र विश्वकर्माहरुको घना बस्ती भएको लाप्राक हाल हिमाल आरोहीको गाउँ र पथप्रदर्शकको रुपमा सुपरिचित छ । सिङलाको रुकङ प्लाराग्लाइडिङको लागि उपयुत्त ठाउँ रहेछ । जेव्रु खोला  ( सिस्नोको लागि प्रसिद्ध रहेछ) तल माछीखोलाको नामबाट परिचित त्यस खोलाबाट ४.५५ मेगावाट विजुली निकाल्ने काम शुरु भएको छ ।

मणिकाम देवीस्थान अवलोकन गर्दे रिन्जीलुङबाट धन बहादुर गुरुङको सद्भावलाई सम्झन्दै गुम्दामा पुग्यौँ । कता कता पुर्खाले मान्दै आएका बुद्ध धर्म छोडेर क्रिश्चियन धर्म अगालेका बासिन्दाहरुले मानेमा समेत क्रस चिन्ह राखेको देख्दा आश्चर्यमा परे । गीतामा भनिएको छ, आफ्नो धर्म र सस्कृतिलाई छोड्न् हुदैन, निज र तल्लो भएपनि आफ्नो धर्म छोडेमा पाप लाग्छ भनेर लेखिएको छ । उहाँको व्यक्तिगत इच्छा हो केही भन्न सकिएन् ।


रमणीय गुम्दा समथर भुमी हो । आलु, गहु, कोदो, मकै र भटमासका लागि प्रसिद्ध क्षेत्र हो ।

चैते दशैमा देखाइने घाटु नाँचले गुरुङ समाजको सस्कृति मोह देख्दा हामी विमुग्ध भयो । जोगि स्थान हुदै हहामी बास बस्यो । सिमक्यु पहिरोले १८३३ मा नोक्सान बनाएको मानव र गुम्दाको याद भयो । जुङकाङकोटमा सोल्पो खलकले राज्य गरेका रहेछन् । त्यहाँ रामशाहको सेनालाई भक्याम्लाको खुकुरी र चित्रोमा जम्मा गरेको ढुङ्गाले हिर्काएर एक पटक परास्त गरेका थिए, भनी सोल्पो खलकका लोक बहादुर र टेक बहादुर गुरुङले भनेको याद भयो । ०७२ को भूकम्पले चुच्चु बनेको चुङकाङकोट मुनि १२ जना गुम्दाकीको जीवन लीला समाप्त गरेको रहेछ, कति गोठालाका लास समेत देखिएको छैन् । सबैको सामुहिक चिहान बनाएर त्यहाँ स्मारक बनाएको  रहेछ । गत वर्ष भेट भएका पुर्वराज्य मन्त्री छम बहादु गुरुङसँग भने यस पटक भेट भएन ।

गोठालाहरुले भकारी र चित्रोको सट्टा पाल नै गोठमा ओडाएको         देखियो ।  यम गाँउको सात कन्या देवीको स्थान स्वदेशी र विदेशीहरुलाई खुसी बनाउने ठाउँ रहेछ । लप्सीबोटमा ध्वजा टाँगेर गाउँ बारेको देखियो । स्वदेशी र विदेशमा दिवंगत हुनेहरुको आत्माको चीरशान्तिको कामना गर्दे मानेमा पन्च महाभुत झल्काउने ध्वजा टागेको देखिन्थ्यो ।

माछिखोलाको उकालो र ओरालो गाउँले भाषामा भन्ने हो भन्ने ज्यानमारा नै रहेछ । डर लाग्दो भिर र सल्लो सुसाएको देख्दा दिकदार नै लाग्थ्यो । त्यो उकालो र ओरालोमा कति पुर्खाहरुले पसिना वगाएइ पनि त्यस ठाउँमा भने कुनै             परिवर्तन देखिएन । न त त्यहा बाटोमा सिडी नै थियो, केवल डर लाग्दौ उकालो र ओरालो गोरेटो बाटो मात्र थियो । ओरालोमा सबै आत्तिएको देखिन्थ्यो ।

माछीखोलाको चुमभ्याली होटलमा थकाई मारेर भोलि पल्ट डम्फु डाँडा (ह्यारी हिल) मा पुग्यो । एक सय दस वटा सिँडी  बनाएको त्यो उकालो कडा नै         थियो । धार्चे चिकार देख्दा आश्चर्यमा नपर्ने कोहि पनि        भएन् ।धार्चेश्वर महादेवलाई टाढैबाट नमस्कार गर्दै नौली खोलाको छागो दर पुुलमा खुसी हुदै प्राध्यापक वर्गले फोटो खिचेको हेर्न लायक थियो ।

नेपाली विभागको अनुरोध र गोरखा क्याम्पसको निर्णय अनुसार बारपाक, धार्चे गाउँपालिका को अध्ययन भ्रमणमा प्राध्यापक वर्ग कृष्ण, इन्द्र कुमारी, ठाकुर, बासु, अशोक, कान्ती, कल्पना, कमला र विजुलीका साथै यदु अधिकारी निस्कीएका थियौ ।
क्यामपसले उत्तरी क्षेत्रका जनसमुदाय प्रति सुमधुर सम्बन्ध बनाउने सोच थियो । उत्तरी क्षेत्रका जनसमुदायले क्याम्पस प्रति श्रद्धा र सम्मान गरेको पाइयो । क्याम्पले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको सबैले प्रशंसा गरेको सुनियो । पुर्खाको कमाइ नै आजको रमाइयो भन्ने धारण वारपाकी, लाप्राकी र गुम्दाकीको पाइयो । लाप्राकी महिलाहरुको स्थानीय  पोशाक हेर्न लायक नै थियो । लाप्राकीहरुको स्वागत र सद्भावलाई प्राध्यापकहरु ले भुल्न सकेका छैन् । बुद्ध धर्म र आफ्नो सस्कृतिमा जेष्ठ  नागरिकहरुले गर्व गरेको सुनियो ।

भ्रमण रोचक नै थियो । कता कता कुकुरको झगडाबाट यात्राको क्रममा भएको दुखद घटनाले मनमा चोट लाग्यो । तै पनि यात्रालाई पुर्ण ग¥यौ । सहयोग गर्ने सबै धन्यवादका पात्र हुनुहन्छ । अनुसन्धानका लागि उपयुत्त थलो उत्तरी क्षेत्रका आत्मीय ग्रामीण समुदायलाई पुन एक पटक नमन गर्दै यस्ता अवसरमा पाएमा पुन यात्रा गर्ने जर्मको गर्ने प्रण पनि गर्दछौ ।

 

 

 

 

 

 


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda