बालअधिकारको विषयमा अन्तरक्रिया
बालअधिकारको विषयमा अन्तरक्रिया
१२ औ गणतन्त्रको दिवसको अवसरमा नेपालको संविधान र बालअधिकार विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गोरखा नगरपालिका–२ कोखे आले स्थित महालक्ष्मी माविमा मानव अधिकार सञ्जाल गोरखा र महालक्ष्मी माविको सयुक्त आयोजनामा अन्तरव्रिmया कार्यक्रम सञ्चालन गरिएको संजालको जिल्ला संयोजक यदु अधिकारीले जानकरी दिए ।
विद्यालय प्रधानाध्यापक विष्णु बहादुर थापाको अध्यक्षता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल बहादुर अधिकारी प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा सुनिता ढकाल, रत्न ढकाल, विद्यार्थी लगायतले मन्तव्य राखेका थिए ।