बुढीगण्डकी आयोजनालाई १३ अर्ब ५७ करोड
बुढीगण्डकी आयोजनालाई १३ अर्ब ५७ करोड
गोरखा ः आगामी आर्थिक वर्ष देखि काम शुरु हुने बुढीगण्डकी जलविद्युत आयोजनालाई निर्माणका लागि १३ अर्ब ५७ करोड रुपैया विनियोजन भएको छ ।
अर्थमन्त्री युवराज खतिवडाले बुधबार संसदमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दे बुढीगण्डकी आयोजना निर्माणका लागि १३ अर्ब ५७ करोड रुपैया विनियोजन गरेको बताएका हुन । गोरखा र धादिङ्गको सीमा क्षेत्रमा निर्माण हुन लागेको १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनालाई कसले बनाउने भन्ने अन्यौलका बीच सरकारले उत्त बजेट ल्याएको हो । उत्त जलविद्युत आयोजनालाई सरकारले मुख्य प्राथमिकतामा राखेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बुढीगण्डकीलाई सरकारले आगामी आर्थिक वर्ष देखि काम अघि बढाउने गरी तयारी थालेको छ । बुढीगण्डकी आयोजना भित्र पर्ने गोरखाको आरुघाट, आर्खेत र धादिङ्गको विशाल नगर बाहेक सरकारले सबै ठाउँमा जग्गाको मुआब्जा वितरण गरी अधिग्रहण प्रक्रिया अगाडि बढाइ सकेको छ । प्रारम्भिक अध्ययन प्रतिवेदन अनुसार बुढीगण्डकी आयोजना निर्माण पुरा गर्नका लागि २ खर्ब रुपैया लाग्ने देखाएको छ । बुढीगण्डकी आयोजना निर्माणका लागि भन्दै उठाएका पेट्रोलियम करबाट मात्रै सरकारले कोषमा २५ अर्ब रुपैया जम्मा भइसकेको छ । बुढीगण्डकी आयोजना निर्माणका लागि पृथ्वी राजमार्गको बेनीघाटबाट उत्तर तर्पm २ किमी टाढाको दुरीमा गोरखाका घ्याल्चोक र धादिङका सलाङ गाविसको विचमा २ सय ६३ मिटर उचाई र ७ सय मिटर चौडाईको बाँध निर्माण हुने छ ।