सडक मर्मतमा लापरवाहीको पराकाष्ट: पुकार र चाउचाउका खोल तथा माटो मिश्रीत ग्राभेलको प्रयोग

सडक मर्मतमा लापरवाहीको पराकाष्ट: पुकार र चाउचाउका खोल तथा माटो मिश्रीत ग्राभेलको प्रयोग


शुक्रबार, जेष्ठ १७, २०७६


सडक मर्मतमा लापरवाहीको पराकाष्ट: पुकार र चाउचाउका खोल तथा माटो मिश्रीत ग्राभेलको प्रयोग

केशव गुरुङ

गोरखा ः सदरमुकामको विपि चोक धारापानी सडक मर्मतमा चरम लापरवाही भएको पाइएको छ ।
भोला, पुकार र चाउचाउका खोल,माटो तथा थोत्रा वोरा मिश्रीत ग्राभेलको प्रयोग बाट कालोपत्रेको प्रक्रिया शुरु गर्न लागेपछि  धारापानीका स्थानीयले विहिबार काम रोकेका छन् । ‘अन्त कालोपत्रे भत्काएर फालेको फोहोर जस्तो ग्राभेल ल्याएर विछ्याएपछि काम रोकेका हौँ,’ धारापानी भिमसेन टोलका अध्यक्ष राजकुमार श्रेष्ठले भने । अहिले विछ्याएको ग्राभेल नहटाएसम्म कालोपत्रेको काम हुन नदिने उनले बताए । ‘सदरमुकाममै यस्तो हालत छ, स्थानीय जागरुक नभएको ठाउँमा कस्तो होला,’ उनले भने । केहि बर्ष अघि कालोपत्रे भएको सडकको ठाउँ–ठाउँको कालोपत्रे भत्किएपछि अहिले पुन मर्मतको काम शुरु भएको छ । ‘पहिलेको कालोपत्रे पनि उप्कीएर सडकको यस्तो अवस्था छ,’ स्थानीय धुव्र श्रेष्ठले भने,‘राम्रो म्याट्रीयल ल्याएर वर्षौ टिक्ने गरि कालोपत्रे गर्नुप¥यो भन्ने मात्र माग हो ।’




सडक मर्मतको क्रममा अनुगमनको जिम्मा पाएको  गोरखा नगरपालिकाका प्राविधिकहरु ‘फिल्ड’मा नदेखिदा पनि काम गुणस्तरीय हुन नसकेको स्थानीयको आरोप छ । जनप्रतिनिधि र नगरपालिकाका कर्मचारीलाई कम गुणस्तरीय सामाग्री प्रयोग भएको जानकारी गराउदा  वेवास्ता भएका  स्थानीयले गुनासो गरे । ‘यहाँ नजिकै दुइ महिना अघि करिव पाँच मिटर जति ढलान भएको छ, नौ महिना नवित्दै त्यो ढलानको रड उप्कीसकेको छ, यो सडक मर्मतको क्रममा पनि त्यस्तो अवस्था नआओस भनेर काम रोकेका हौँ,’ उनले भने । उत्त सडक मर्मता कति खर्च हुन्छ, कसले जिम्मा पाएको छ भन्ने सम्मको                   जानकारी स्थानीयलाई नगराएको स्थानीयरुले गुनासो गरे ।

आर्थिक वर्ष सकिनै लाग्दा विकास निर्माणले तिव्रता पाएपनि गुणस्तरीय काम भए नभएको हेर्ने निकाय मौन वस्दा समस्या थपिएको छ ।  वर्ष दिन भरि नभएका काम पनि यो दुइ महिनाको पिरियडमा हुनु कुनै नौलो कुरो रहेन । तर वजेट सक्ने वहानामा भएका यस्ता कामका स्थानीय वासी सचेत  हुनु जरुरी छ । सरोकारवाला निकायको     निरन्तर अनुगमन हुनुपर्छ ।  विपिचोक धारापानी सहित सडक सहित अन्य चार सडकको मर्मतका लागी भ्याट वाहेक ६१ लाख छुट्टाइएको गोरखा नगपालिकाका इन्जिनियर प्रकाश ढकालले बताए । ‘कमसल ग्राभेलको प्रयोग भएको गुनासो आएको छ, स्थलगत रुपमै हेरेर के भएको हो वुझ्छौ,’ उनले भने,‘गुणस्तरहिन सामाग्री प्रयोग भएको पाइए हामी आफै काम      रोकेर गुणस्तरीय काम गर्न भन्छौ ।’ उत्त सडक मर्मतको जिम्मा ए वा कन्ट्रक्सनले पाएको छ । नियमनकारी निकायको फितलो अनुगमन र ठेकेदारको  लापरवाहीकै कारण गुणस्तरीय सामाग्रीको प्रयोग नभएको स्थानीय वासीको आरोप छ । वजेट सक्ने वहानामा गुणस्तरहिन कच्चापदार्थको प्रयोग भए स्वीकार्य नहुने स्थानीयको चेतावनी छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda