महिला हिंसा र लागूऔषध सम्बन्धि अभिमुखिकरण
महिला हिंसा र लागूऔषध सम्बन्धि अभिमुखिकरण
गोरखा ः गोरखा नगरपालिका–३ घलाङको राष्ट्रिय माविका बिद्यार्थीलाइ लक्षित गरी महिला हिंसा र लागू औषध सम्बन्धी अभिमुखिकरण तथा ट्राफिक सचेतना सम्बन्धि कार्यक्रम भएको छ । प्रहरी बिद्यालय सम्पर्क कार्यक्रम अन्तरगत सामुदायिक सेवा केन्द्र, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रहरी निरिक्षक कमला नरालले महिला हिंसा र लागू औषध बारे जानकारी गराइन् । असई शिव कुमार थापा मगरले बालयौन दुव्र्यवहारका घटना सम्बन्धि वृत्तचित्र प्रस्तुत गरे । जिल्ला ट्राफिक असई इन्द्रजंग थापाले सवारी दुर्घटना न्यूनिकरणका लागी ट्राफिक जनचेतना सम्बन्धि सहजिकरण गरेका छन् । सामुदायिक सेवा केन्द्र गोरखाका उपाध्यक्ष शुशिलबाबु श्रेष्ठको अध्यक्षता तथा वडाध्यक्ष रामबाबु बोगटीको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो ।