आश्रमद्धारा वेसहारा बालकको उद्धार
आश्रमद्धारा वेसहारा बालकको उद्धार
गोरखा ः शहिद लखन गाउँपालिका– ९ नाम्जुङ्गबाट एक बेसहारा बालकलाई उद्धार गरिएको छ । मानव सेवा आश्रम गोरखाले शनिवार १२ बर्षिय सन्दिप परियारलाई उद्धार गरेको हो । वुवाको पत्तो नभएको र आमा अर्कै सँग विवाह गरेर गएपछि वेसहारा बन्दै आएका परियारलाइ स्थानीयले लालनपोषण गर्दै आएका थिए । शनिवार नाम्जुङ्ग पुगेको मानव सेवा आश्रमका प्रतिनिधी र पत्रकारको टोलिलाई वडाध्यक्ष रामप्रसाद खड्का र स्थानियले आश्रममा राख्नका लागी बालकलाइ जिम्मा लगाएका हुन् । उद्धार गरिएको परियारको पठनपाठनका लागी सदरमुकाममा रहेको महेन्द्रज्योती माविमा भर्नाको तयारी भइरहेको आश्रमले जनाएको छ ।