उत्तरी गोरखा तमु समाजमा इमानसिं
उत्तरी गोरखा तमु समाजमा इमानसिं
गोरखा ः उत्तरी गोरखा तमु समाज (फुङ) को तेस्रो अधिवेशनले पुनः इमानसिं गुरुङको अध्यक्षतमा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । प्रथम उपाध्यक्षमा सिङलाका राम बहादुर गुरुङ, द्धितीय उपाध्यक्ष लापुका गोपाल गुरुङ, तृतीय उपाध्यक्षमा बारपाकका लाल बहादुर गुरुङ चयन भएका छन् । त्यस्तै महासचिवमा लापुका सुर्य बहादुर गुरुङ, सचिवमा स्वाँराका हरिमान गुरुङ, संगठन सचिवमा लाप्राकका राज गुरुङ, प्रचारप्रसार सचिवमा लापुका आइतराम गुरुङ, कार्यालय सचिवमा लापुका राकेश गुरुङ, कोषाध्यक्षमा माछाखोला गुम्दाका बिश्व बहादुर गुरुङ र सह–कोषाध्यक्षमा लाप्राकका श्री माया गुरुङ चयन भएका छन् ।

उत्तरी गोरखाको भाषाको पहिलो गीत र लघु चलचित्र माँ(आमा) निर्माण भइसकेको र अव तमु भाषालाई संरक्षण र जर्गेणाको लागि शब्दकोष निर्माण गर्ने तयारीमा रहेको संगठन सचिव राज गुरुङले जानकारी दिए । समाजले विगतमा पनि संस्कृति र पहिचानको महत्व र आवश्यकताको बारेमा विभिन्न जनचेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको गुरुङले भनाई छ ।
‘लोप र लोपन्मुख अवस्थामा रहेको तमुहरुको परम्परा र रितिरिवाजहरुको खोज अनुसन्धान गरी पुनस्थापित र संरक्षण गर्ने छ,’ गुरुङले भने, ‘विद्यालयमा मातृभाषा शिक्षालाई लागु गराई निरन्तरता दिइने छौ ।’
तमु भाषामा कविता साहित्य लेखनको विकास गर्ने कार्यलाई अगाडि बढाइने छ । भुगोलले उत्तरी गोरखा दुर्गम भएता पनि प्राकृतिक र साँस्कृति रुपमा अनुपम रहेकाले धार्मिक र संस्कृतिलाई पर्यटन गन्तव्यको रुपमा विकास गर्ने योजना रहेको गुरुङको भनाई छ ।
२०६६ सालमा गठन भएको उत्तरी गोरखा तमु समाजले स्थानीय मौलिक संस्कृतिको संरक्षण निरन्तर सव्रिmय रहदै आएको गुरुङले बताए ।