ढाकाको झोला बनाउने तालिम शुरु
ढाकाको झोला बनाउने तालिम शुरु
गोरखा ः गोरखा नगरपालिका–६ पोखराथोकमा मंगलवारबाट ढाकाको झोला बनाउने तालिम सुरु भएको छ ।
गोरखा नगरपालिकाको आयोजनामा भएको तालिममा डाँडागाँउ टोल विकास संस्थाका १४ जना महिलाको सहभागिता रहेको छ । दलित महिलाहरुको आर्थिक स्तर उन्नतीका लागी तालिमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ । कार्यवाहक वडाध्यक्ष आनन्द गुरुङको अध्यक्षता तथा गोरखा नगरपालिकाकी उपप्रमुख विना कुमारी श्रेष्ठको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको छ । तालिम २१ दिन सम्म चल्नेछ । तालिमले महिलालाइ स्वरोजगार बन्न समेत सघाउ पुग्ने अपेक्षा गरिएको छ ।