चुमनुव्रीमा मेलमिलापकर्तालाई तालिम
चुमनुव्रीमा मेलमिलापकर्तालाई तालिम
गोरखा ः तिब्बत सँग सिमना जोडिएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले सामुदायिक मेलमिलापकर्ताका लागि आधारभुत तालिम दिएको छ ।
आठ दिन सम्म हरेक वडाबाट सामुदायिक मेलमिलाप कर्ताहरुलाई समुदायमा घट्ने घटना, समान्य मनमुटाव, झै–झगडालाई कसरी ब्यवस्थापन गर्ने भन्नेबारेमा सिकाइएको प्रमुख प्रशासकिय अधिकृत भिमसेन श्रेष्ठले बताए । गाउँपालिकाको न्यायिक समितिको आयोजना र प्रो पब्लिकको प्राविधिक सहयोगमा भएको तालिममा २१ जना सहभागी थिए । गाउँमा हुने बिवाद तथा झगडालाई समान्य बनाएर न्याय दिलाउन, शान्ति कायम गर्न मेलमिलाप तालिमले मद्धत पुग्ने अपेक्षा रहेको गाउँपालिका उपाध्यक्ष कुमारी गुरुङले बताइन् । तालिम अवधिभर कसरी सहजिकरण गर्ने भन्ने विषय सँगै वर्तमान कानूनका बारेमा सहभागीलाई प्रशिक्षक बरिष्ठ अधिवक्ता डाक्टर कुमार शर्मा आचार्य, बाबुराम पौडेल, बिधा पौडेलले लगायतले जानकारी गराएका छन् ।