गोरखाका प्रजिअ श्रेष्ठको सरुवा, लामिछाने आउँदै
गोरखाका प्रजिअ श्रेष्ठको सरुवा, लामिछाने आउँदै
गोरखा ः गोरखाको नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा देवेन्द्र लामिछाने आउने भएका छन् । गृहमन्त्रालयले मंगलवार गोरखाका प्रमुख जिल्ला अधिकारी सहित २३ जना प्रजिअको सरुवा तथा पदस्थापना गरेको हो । हाल जिल्लाका प्रजिअ गजेन्द्र श्रेष्ठको कपिलवस्तु सरुवा भएको छ । श्रेष्ठ गत मंसिर २८ गते प्रजिअको रुपमा गोरखा आएका थिए । जिल्ला आएको ६ महिना नवित्दै उनको सरुवा भएको हो ।