विश्व वातावरण दिवसमा वृक्षारोपण
विश्व वातावरण दिवसमा वृक्षारोपण
गोरखा ः विश्व वातावरण दिवसको अवसरमा गोरखा क्याम्पस परिसरमा वृक्षारोपण गरिएको छ ।
गोरखा नगरपालिका र क्याम्पको संयुक्त आयोजनामा कपुर, अशोका, अम्बा, लिचि लगायतका ४० भन्दा बढि विरुवा रोपिएको हो । नगर प्रमुख राजनराज पन्त, उपप्रमुख विना कुमारी श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत कृष्ण कुमारी श्रेष्ठ, क्याम्पस प्रमुख बिकास कुमार श्रेष्ठ लगायत क्याम्पसका प्राध्यापक एवं कर्मचारीहरुले विरुवा रोपेका हुन् । दिवशकै अवसारमा पालुङ्टार नगरपालिका–६ पौवाटारमा पनि वृक्षरोपण गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ पालुङटार को आयोजनामा चिउरी, अशोका, निमपत्ता लगायतका एक हजार विरुवा रोपिएको हो । वृक्षारोपणका लागी डिभिजन वन कार्यालयको वृक्षारोपणका लागी विरुवा वितरण गरेको हो ।