‘नगरको शिक्षा क्षेत्रमा वेथिती बढ्यो’
‘नगरको शिक्षा क्षेत्रमा वेथिती बढ्यो’
गोरखा ः नगरपालिकाको शिक्षा क्षेत्रमा वेथिति बढेको भन्दै एकिकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल राष्ट्रिय शिक्षक संगठन नगर समितिले आपत्ति जनाएका छन् ।
बिहीवार संयुक्त रुपमा गोरखा नगरपालिका शिक्षा शाखाका प्रमुख भरतकाजी अर्याललाई ज्ञापनपत्र बुझाउदै संगठलने नगर शिक्षा ऐन विपरित भएका गतिविधिलाई सच्याउन माग गरेको छ । बिज्ञप्ति मार्फत शिक्षा ऐन विपरित बिद्यालय व्यवस्थापन समितिको अधिकारमाथि हस्तक्षप भएको आरोप लगाइएको छ । ‘विव्यसको सिफारिसमा दोहोरो सम्बन्धन प्राप्त शिक्षकहरुलाई आफ्नो चाकडी वाजहरुको विद्यालयमा पठाएर विद्यालय व्यवस्थापन समितिको अधिकार खोसिएको छ, उक्त कार्य तत्काल सच्चाइयोस्,’ बिज्ञप्तिमा उल्लेख छ । विध्यवासिनी माध्यमिक विद्यालय नारेश्वर, महेन्द्रज्योति माध्यमिक विद्यालय दरबारमार्ग र राष्टिूय माध्यमिक विद्यालय घलाङ्गको प्रधानाध्यापक नियुक्तिमा कार्यकर्ता भर्ति केन्द्र बनाउने प्रक्रिया भएको आरोप लगाउदै संगठनले त्यसलाइ रोक्न माग गरेको छ । नियम कानून विपरित गरिएको शिक्षक सरुवा फिर्ता लिन माग गर्दै बिगत जेष्ठ महिनामा लिएको करार शिक्षकको परीक्षा रद्ध गरि पुन छनौट प्रक्रिया अगाडि बढाउन पनि माग गरिएको छ । नगरपालिकाको शैक्षिक विकासका बजेटहरु पारदर्शी रुपमा विनियोजन नभएको आरोप संगठनको छ । चाप्लुसीको आधारमा वजेट विनियोजन गर्ने प्रवृति तत्काल बन्द गर्नुपर्ने लगायतका अन्य मागहरु सहित संगठनले ज्ञापनपत्र बुझाएको हो । ४८ घण्टा भित्र माग पूरा नगरे आन्दोलनमा उत्रिने चेतावनी संगठनले दिएको छ ।