स्वाभिमान यात्रा लिएर राप्रपा गोरखा आउँदै
स्वाभिमान यात्रा लिएर राप्रपा गोरखा आउँदै
गोरखा ः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुरु गरेको स्वाभिमान यात्राको समापन गोरखामा गरिने भएको छ ।
बिभिन्न २२ वुँदे माग सहित शुक्रवार देखि राप्रपाले यात्रा शुरु गरेको हो । मुक्तिनाथबाट शुरु भएको यात्रा म्याग्दी, वेनी, वाग्लुङ, पर्वत हुदै गोरखा आइपुग्ने शनिवार पत्रकार सम्मेलन गरी राप्रपा गोरखाले जनाएको छ । कलश यात्रा सँगै वृहत आमसभा गरी यात्राको समापन गरिने राप्रपाका प्रवत्ता मोहन श्रेष्ठले पत्रकार सम्मेलनमा बताए । बिभिन्न जिल्लाका पवित्र स्थल र कुण्डबाट ल्याइएको जलले गोरखाको भगवती र गोरखनाथमा जलाभिषेक गर्ने कार्यक्रम समेत रहेको उनले जानकारी दिए । नेपाललाइ सनातन हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने, राजसंस्था सहितको गोलमेच सम्मेलन हनुपर्ने, संघियताबारे जनमत संग्रहमा जानुपर्ने लगायतका माग राप्रपाको रहेको छ । मूल्य वृद्धि र भष्ट्राचार नियन्त्रण हुनुपर्ने र २०४६ साल पछिका उच्च पदस्थ र राजनितिक नेतृत्वको सम्पत्ती छानविन गर्न पनि राप्रपाले माग गरेको छ । २७ गतेको कार्यक्रमका लागी सबै तयारी पूरा भएको राप्रपा गोरखाले जनाएको छ । यात्रामा पार्टी अध्यक्ष कमल थापा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, नेताहरु भीमप्रसाद गौचन, तोरण गुरुङ, हेमजङ्ग गुरुङ, सुशीलकुमार श्रेष्ठ, भुवन पाठक लगायतका नेताहरुको सहभागिता रहेको बताइएको छ ।