ओली सरकार आएपछि वर्वाद भयो ः देउवा

ओली सरकार आएपछि वर्वाद भयो ः देउवा


सोमवार, जेष्ठ २७, २०७६


ओली सरकार आएपछि वर्वाद भयो ः देउवा

गोरखा ः नेपाली कांग्रेसका पार्टी सभापती शेर बहादुर देउवाले ओली सरकारले अधिनायकवादी शासन लगाउन खोजेको आरोप लगाएका छन् । आइतवार जिल्ला सदरमुकाममा भएको नेपाली कांग्रेस नगर कार्यसमितिको दोस्रो नगर सम्मेलनलाइ सम्बोधन गर्दै उनले कम्युनिष्ट सरकारले अख्तियार, प्रेस, मानवअधिकार जस्ता सन्तुलित निकायको अधिकार खोस्ने प्रयत्न गरिरहेको बताए । ‘यीनिहरु भनेको सरकारले गरेको बदमासीलाइ खवरदारी गर्ने स्वतन्त्र निकाय हुन्,’ उनले भने, ‘तर ओली सरकारले यी क्षेत्रको अधिकार माथि हस्तक्षप गरिरहेको छ ।’ सेनालाइ पनि आफ्नो कब्जामा ल्याउन खोजेको आरोप लगाउदै देउवाले ओली सरकारले प्रजातन्त्र विरोधी गतिविधी गरिरहेको बताए । ‘ओली सरकार आएपछि वर्वाद भयो, सवै ठाउँमा बिगारेको छ, सवैको अधिकार खोसेको छ, प्रचारको काम वाहेक केही भएको छैन,’ उनले भने । प्रेस स्वतन्त्रता हनन हुने गरी सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक संसदमा कुनै हालतमा पास हुन नदिने उनले बताए । बुढिगण्डकी जलबिद्युत आयोजनाबारे बोल्दै देउवाले पैसाको चलखेलमा ओली सरकारले आयोजना निर्माणको जिम्मा चिनिया कम्पनीलाइ दिएको आरोप               लगाए । ‘विना प्रतिस्पर्धा आयोजना निर्माणको जिम्मा चिनिया कम्पनीलाइ दिनु गैरकानूनी हो, नेपाली आफैले त्यो आयोजना बनाउन सक्छन्,’ उनले भने । भूकम्पले क्षति पुगेको ऐतिहासिक गोरखा दरवार पुननिर्माणमा ढिलाइ भएको भन्दै उनले आपत्ति               जनाए । ओली सरकारले गरेका गल्तीहरु सुधार नगरे सडकबाटै भएपनि आन्दोलन गर्ने उनले चेतावनी दिएका छन् ।
कार्यक्रममा बोल्दै पार्टीका प्रवक्ता बिश्व प्रकाश शर्माले कम्युनिष्ट सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको बताए । विप्लवलाइ शान्ति प्रक्रियामा ल्याउन नसकेको भन्दै उनले ओली सरकार आलोचनाको पात्र मात्र बनेको जिकिर गरे । ‘उही गोत्र, उही सिद्धान्त बोकेर हिडेको विप्लवको एउटा कम्युनिष्ट पार्टीलाई बिश्वासमा लिन नसक्ने अनि ठुलो गुड्डी हाक्दै हिड्ने,’ प्रधानमन्त्री ओलीलाइ लक्षित गर्दै उनले भने । प्रचण्डलाइ मारेर विप्लवले भनेजस्तो गणतन्त्र नआउने भन्दै रगत बगाउने काम छाडेर शान्ति प्रक्रियामा आउन विप्लवलाई उनले आग्रह गरे । वाइडवडी र वालुवाटारको जग्गा काण्डमा काग्रेसलाई अनावश्यक मुछेको भन्दै उनले दोषी भए         कारवाही भोग्न तयार भएको बताए


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda