हाजिर नै नभएका शिक्षकको किर्ते हस्ताक्षर गरेर तलव

हाजिर नै नभएका शिक्षकको किर्ते हस्ताक्षर गरेर तलव


सोमवार, जेष्ठ २७, २०७६


हाजिर नै नभएका शिक्षकको किर्ते हस्ताक्षर गरेर तलव

गोरखा ः विद्यालयमा हाजिर नै नभएका शिक्षकको किर्ते हस्ताक्षर गरी धार्चे गाउँपालिका–७ लापुको प्रभातकिरण माविले मासिक तलव वापतको रकम लिएको खुलासा भएको छ ।
विद्यालयमा एक दिन पनि हाजिर नभएका शिक्षक बिसुदेव              रेग्मीको कीर्ते हस्ताक्षर गर्दै मासिक २९ हजार रुपैयाँका दरले ७ महिनाको तलब विद्यालयले लिएको हो । ‘गत असोज देखि चैत्र महिना सम्म हुदै नभएको शिक्षक किर्ते हस्ताक्षर गरेर उहाको नाममा तलव मगाएर बिद्यालयले खाइरहेको छ,’ स्रोत भन्छ । गाउँपालिकाले सिर्जना गरेको अनुदान कोटाको माविको अंग्रेजी र नेपाली बिषयको                 दरवन्दीमा शिक्षक पदपूर्तिका लागी विद्यालयले २०७५ साल असोज ३ गते परिक्षा लिएको थियो । शिक्षक छनोट समितिले लिएको परिक्षामा अंग्रेजी बिषयमा विसुदेव रेग्मी छनोट भए । उक्त दरवन्दीका लागी उनको मात्र आवेदन परेको थियो । असोज ४ गते देखि नियुक्ती दिने निर्णय समेत भयो । दुरीको हिसावले टाढा भएको भन्दै रेग्मी बिद्यालयमा पढाउनै गएनन् । तर विद्यालयमा एक दिन पनि हाजिर नभएका                      रेग्मीको किर्ते हस्ताक्षर गर्दै गत असोज देखि चैत्र महिना सम्मको तलव लिएर प्रभातकिरण माविले दुरुपयोग गरेको छ । असोज ८ गते देखि बिद्यालयले शिक्षकको हाजिरी फाइलमा रेग्मीको किर्ते हस्ताक्षर गर्र्दै उनले पाउने तलव लिदै आएको स्रोत बताउँछ । तलव वापतको उक्त रकम प्रधानाध्यापक सहित केही शिक्षकले बाँडेर लिएको आरोप उनीहरु माथि छ । उक्त विद्यालयमा अंग्रेजी शिक्षकका लागि आवेदन दिएका रेग्मी भने दुई वर्षदेखि शहीद लखन गाउँपालिका–४ ताक्लुङको महारुद्र आधारभूत विद्यालयमा पढाइरहेका छन् । ‘नाम त निस्कियो तर टाढा भएर म त्यहाँ एक दिन पनि पढाउन गइन,’ बिसुदेव रेग्मीले भने, ‘दुई बर्षदेखि ताक्लुङको महारुद्र आधारभूत विद्यालयमा पढाइरहेको छु ।’ तर पढाउनै नगएका शिक्षकको किर्ते हस्ताक्षर गरेर विद्यालयले रकम लिइरहेपनि विद्यालय व्यवस्थापन समिति भने यसबारे अनविज्ञ छ । ‘मलाइ यसबारे केही जानकारी पनि गराएनन्, मलाइ थाहा पनि छैन, के के गरे प्रअलाइ थाहा होला,’ विव्यस अध्यक्ष राम मगरले भने । शिक्षकलाइ नियुक्ती दिने निर्णय गर्दा बसेको बैठकमा विव्यस अध्यक्षको उपस्थिती देखिदैन । अन्य केही बैठकहरुमा पनि उनको उपस्थिती नरहेको माइन्युटमा प्रष्ट देखिन्छ ।
विद्यालयका प्रधानाध्यापक जित बहादुर गुरुङले उक्त रकम बिद्यालयको खातामा रहेको दावी गरे । हाजिरी फाइलमा रेग्मीको हस्ताक्षर प्रष्ट देखिएपनि किर्ते हस्ताक्षर नगरेको भन्दै उनी पन्छन् खोजे । ‘पैसा खातामै छ, केही दिन अघि विव्यस समिति समेतको बैठकले निर्णय गरेर बिद्यालयमा बनिरहेको भवनका लागी दुइ लाख रकम खर्च ग¥यौ,’ उनले भने । तर विव्यस अध्यक्ष मगरले कुनै निर्णण नभएको बताए ।
रेग्मीको किर्ते हस्ताक्षर गर्दै रकम लिन पल्केको बिद्यालयले २०७६ साल जेठ १ गते बैठक बसेर २०७६ बैशाख २ गतेबाट रेग्मीले स्वेच्छिक राजिनिमा दिएको भन्दै नयाँ शिक्षक नियुक्तीको लागी प्रक्रिया अगाडी बढाउने निर्णय ग¥यो । उक्त बैठकमा वडाध्यक्ष सूर्यमान गुरुङको समेत हस्ताक्षर छ । तर विव्यस अध्यक्ष मगरको उपस्थिती त्यहा पनि देखिदैन । ‘बिद्यालयमा एक दिन पनि हाजिर नभएका शिक्षकको हस्ताक्षर             कसरी भयो,’ स्रोत भन्छ, ‘असोज देखि बिद्यालयमै नआएका शिक्षकको फेरि बैशाखमा स्वेच्छिक राजिनामा भनेर कसरी आयो ?’ करार शिक्षकको हकमा विना सूचना १५ दिन सम्म बिद्यालयमा अनुपस्थित भए विव्यवसको बैठकले उक्त शिक्षकलाइ स्वतः अवकाश दिन पाउने धार्चेको शिक्षा ऐनमा उल्लेख भएको गाउँ शिक्षा शाखा प्रमुख पदम बहादुर ढकाल बताउछन् । ‘त्यो कुरा आएपछि हामीले स्थलगत निरिक्षण पनि ग¥यौ तर रेग्मीको हस्ताक्षर भएको     हाजिरी फाइल भेटिएन, लुकाएको भए थाहा भएन,’ उनले भने । निरिक्षणमा गएपनि हाजिरी फाइल भने नहेरेको वडाध्यक्ष गुरुङ बताउछन् ।
गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ यसबारे अनविज्ञ भएको भन्दै पन्छन खोजे । किर्ते हस्ताक्षर               नगरेको हुनुपर्ने भन्दै उनी प्रअकै समर्थनमा लागे । गाउँपालिकाका कार्यकारी अधिकृत बाबुराम पाण्डेले उक्त बिद्यालयका लागी प्रत्येक महिना ५८ हजार रकम पठाउदै आएको बताए । बैशाख महिना सम्मको रकम पठाइसकेको उनले जानकारी दिए । तर बिद्यालयले भने हुदै नभएका शिक्षकको किर्ते हस्ताक्षर गरेर रकमको दुरुपयोग गरेको छ । बैशाख २ गते बिद्यालयले नयाँ शिक्षक नियुक्ती गरेको बताइएको छ । तर किर्ते गरेर असोज देखि चैत्र महिना सम्मको तलवमा भने अनियमितता भएको प्रष्ट छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda