कागती खेती प्रति आकर्षित हुदै कृषकहरु

कागती खेती प्रति आकर्षित हुदै कृषकहरु


मङ्लबार, जेष्ठ २८, २०७६


कागती खेती प्रति आकर्षित हुदै कृषकहरु

गोरखा ः पालुङटार नगरपालिका–८ झाँक्राकी उजेली आलेको खेतियोग्य जमिन दुई बर्ष बाँझो बस्यो । सोचे जस्तो उत्पादन नभएपछि खेती गर्न छाडेकी आलेले अहिले कागती रोपेकी छिन् । ‘पहिले धान, मकै लगाउथे,’ उनले भनिन्, ‘दुख गरेअनुसार नफलेपछि लगाउन छाडे, अहिले कागती खेती शुरु          गरेको छु ।’
पाँच रोपनी क्षेत्रफलमा सुन कागती १ जातको सय विरुवा लगाएकी छिन् उनले । गत साउन महिनामा रोपीएको वेर्नाले तीन बर्षपछि फल दिने आशमा उनी छिन् । उनी मात्र होइन बाँझिएको जमिनमा कागती खेती गर्न झाँक्रा गाउँ नै लागी परेको छ । स्थानीय कालिका महिला किसान क्लबले करिव एक सय रोपनी क्षेत्रफलमा कागती खेती शुरु गरेको छ । क्लवमा २२ घरधुरी आवद्ध छन् । आ–आफ्नो जग्गामा उनीहरुले कागतीको वेर्ना रोपेका छन् । सुन कागती १ जातको करिव १८ सय विरुवा रोपिएको क्लबकी कोषाध्यक्ष सुनिता थापा बताउछिन् । आफूले मात्र दुई सय विरुवा रोपेको बताउदै थापाले कागती खेती गाउँकै लागी नयाँ भएको जिकिर गरिन् । सिंचाइका लागी पधेरोखोलावाट पानी ल्याइएको छ । पानी संकलनका लागी चार वटा ड्रम   राखिएका छन् । मलका लागी कतिपय स्थानीयले गड्यौला मल उत्पादन गर्छन् । उत्पादित कृषि उपज संकलनका लागी शून्य शक्ति शित भण्डारण पनि निर्माण गरिएको छ । बजार व्यवस्थापन नहुन्जेल उक्त भण्डारणमा उत्पादित कृषि उपज राख्न मिल्ने स्थानीय बताउछन् ।
‘जमिन बाँझो बसेर वनमासा र पातीघारी बढेपछि कागती खेती गरौ भनेर महिले नै गाउँमा प्रस्ताव राखे,’ स्थानीय हरि बहादुर थापा मगरले भने, ‘सवैजना सहमत हुनभयो अनि खेती शुरु गरेका             हौ ।’ सुन्तला खेती समेत गर्दै आएका मगरले अहिले कागती खेती सुरु गरेका हुन् । ‘अरु खेती गर्दा फल पाउन एक बर्ष कुर्नुपर्छ तर यो कागती बाह्रमासे फल्छ, फेरि बाँदरले पनि नखाने, त्यसैले यही खेती शुरु गरेका हौ,’ उनले भने । पाँच रोपनी जग्गामा एक सय कागती वेर्ना लगाएको उनले  बताए ।
पालुङटार नगरपालिका–९ पाण्डेवेशीका लालीगुराँस किसान क्लबले पनि करिव ३० रोपनी क्षेत्रफलमा ५ सय कागती लगाएका छन् । गत साउन महिनाबाट खेती शुरु गरिएको सचिव देवनिधि पाण्डेले बताए । सोही क्लबका आवद्ध राज कुमार तामाङले कागतीको विरुवा उत्पादनका लागी नर्सरी समेत संचालन गरेका छन् । दश बर्षको साउदी बसाई पछि उनी स्वदेश फर्केर कृषि पेशामा लागेका हुन् । पानपामा मात्र होइन शहिद लखन गाउँपालिका–२ उम्लुङका मनकामना महिला कृषक समूहले पनि कागती खेती शुरु गरेका            छन् । ७० रोपनी क्षेत्रफलमा एक हजार कागतीको विरुवा रोपिएको समूहले जनाएको छ । सिंचाइका लागी दुइ वटा पानी पोखरी निर्माण गरिएको छ । वावुबाजेले गर्दै आएको सुन्तला खेती छाडेर स्थानीय खड्ग बहादुर थापा पनि कागती खेती प्रति आकर्षित भएका छन् । गत साउनबाट पाँच रोपनी जग्गामा उनले डेढ सय कागतीका विरुवा रोपेका छन् । उनी आफैले गड्यौला मल उत्पादन गर्छन् । कागती खेतीबाट रामै्र आम्दानी हुने बिश्वास किसानहरुलाइ छ ।
सहमती संस्था र लुथरन वल्र्ड रिलिफको साझेदारीमा संचालित अमिलो जातको फलफुलहरुको बजार बिकास परियोजना अन्तरगत किसानहरुलाइ कागती खेतीमा सहयोग गरिएको हो । कृषकलाइ विरुवा वितरण, सिंचाइ सुविधा, तालिम प्रदान लगायतका सहयोग गरिएको परियोजना संयोजक शिव सुवेदी बताउछन् । ‘स्थानीय तहले सिफारिस गरेको ठाउँका साना किसानसँग मिलेर काम गर्दै आएका छौ,’ उनले भने । उत्पादन क्षेत्र बिस्तारको काममा सहयोग पु¥याउने उदेश्यले गोरखा,       नवलपरासी र तनँहू जिल्लाका किसानहरुलाइ सहयोग गर्दै आएको उनले बताए । उक्त संस्थाले शहिद लखन गाउँपालिका नयाँपुलको हाटबजार संचालनमा पनि उल्लेख्य सहयोग गर्दै आएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda