प्रदेशको बजेटमा समेटिएको गोरखा ः लिगलिगकोटमा संग्रहालय देखि दरौदीमा तटवन्धन सम्म

प्रदेशको बजेटमा समेटिएको गोरखा ः लिगलिगकोटमा संग्रहालय देखि दरौदीमा तटवन्धन सम्म


सोमवार, असार २, २०७६


प्रदेशको बजेटमा समेटिएको गोरखा ः लिगलिगकोटमा संग्रहालय देखि दरौदीमा तटवन्धन सम्म

केशव गुरुङ

गोरखा ः पालुङटार नगरपालिकाको लिगलिगकोटमा संग्रहालय निर्माणका लागी एक करोड रकम बिनियोजन भएको छ ।
गण्डकी प्रदेशले आइतवार आगामी आर्थिक बर्ष २०७६÷७७ को बजेट सार्वजनिक गर्दै संग्रहालय निर्माण गर्न उक्त रकम विनियोजन गरेको बताएको छ । नेपाल राज्य स्थापनाको उद्गम थलो लिगलिगकोटमा ऐतिहासिक संग्रहालय स्थापना गर्ने गुरुयोजना प्रदेश सरकारले यस अघि नै बनाइसकेको थियो । सोही             आधारमा आगामी आर्थिक बर्षका लागी एक करोड रकम विनियोजन गरिएको गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङले  बताए । प्रदेश भित्रका दरौदी लगायतका नदीमा तटवन्धन निर्माण तथा नदी व्यवस्थापन गर्न ३९ करोड विनियोजन गरिएको उनले जानकारी दिए । श्रमिक तथा जोखिममा परेका बालबालिका तथा हिंसा प्रभावित व्यक्तिको पूनस्र्थापना केन्द्र स्थापना गर्न गोरखा लगायत अन्य जिल्लामा गरी कुल एक           करोड रकम छुट्याइएको छ । आधारभुत खानेपानी नपुगेको गाउँबस्तीमा खानेपानी पु¥याउन एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिन र सबै जिल्लाको जिल्ला प्रोफाइल तयार पार्नका लागि रु २ अर्व २० करोड बजेट विनियोजन भएको छ ।
राष्ट्रिय प्रशारण लाइन तत्काल पु¥याउन नसकिने तथा हाल सम्म बत्ती बाल्न आधुनिक उर्जाको पहुँच नपुगेको गोरखा लगायतको अन्य जिल्लाका १५ सय घरधुरीलाई सहुलियत दरमा नेट मिटरिगमा आधारित सौर्य उर्जा प्रविधिको जडान गर्न रु ६ करोड विनियोजन गरिएको छ । भौगोलिकरुपमा अति विकट र विकासका दुष्टिले पछाडि परेका गोरखाको चुमनुम्ब्री र धार्चे लगायतको क्षेत्रको पूर्वाधार विकास निम्ति आवश्यक बजेट विनियोजन गरेको गुरुङको भनाई छ । प्रदेश पर्यटक आकर्षक क्षेत्रको रुपमा घोषणा भएका ११० पर्यटन गन्तव्य मध्ये प्रत्येक जिल्लामा ४ गन्तव्यको छनौट गरी जम्मा ४४ गन्तव्यमा पूर्वाधार विकास गर्न १७ करोड ६० लाख विनियोजन गरिएको छ ।
गोरखा लगायत अन्य क्षेत्रमा उन्नत जातका स्याउको विरुवा वितरण गर्न रु ४ करोड ५० लाख विनियोजन गरिएको छ । मृगौला पीडित बिरामीलाइ गोरखा सहित अन्य जिल्लामा डायलासिस सेवा संचालन गर्न समेत रकम विनियोजन गरिएको गुरुङले               बताए । स्थानीय तहसँगको समन्वयमा प्रत्येक गाउँपालिकामा एक स्थानीय तह एक खेलमैदान र नगरपालिकामा रंगशाला निर्माणका लागी चार करोड ४० लाख रकम बिनियोजन गरिएको छ । गोरखा, मनाङ र मुस्ताङमा विपद उद्धार केन्द्र स्थापनाका लागी एक करोड ५० लाख रकम छुट्याइएको छ । गण्डकी प्रदेशले आगामी आर्थिक वर्षका लागि २०७६÷७७ का लागि ३२ अर्ब १३ करोडको बजेट ल्याएको हो । आइतबार प्रदेश सभा बैठकमा मन्त्री गुरुङले ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजारको बजेट पेश गरेका हुन् । बजेटले पर्यटन, कृषि, जलस्रोत र उत्पादनमुलक उधोग क्षेत्रको विकास, स्वास्थ्य शिक्षा क्षेत्रमा प्राथमिकता राखेका छ ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda