घाटु नाँच संरक्षण जुटदै बारपाकी
घाटु नाँच संरक्षण जुटदै बारपाकी
घाटु नाँच संरक्षण लागि बारपाक सुलिकोट गाउँपालिका–२ वारपाक पोखरीमा घाटु नाँच प्रदर्शन गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघको आयोजना, घाटु संरक्षण समिति बारपाक सुलिकोट–२ पोखरीको समन्वय तथा बारपाक सुलिकोट गाउँपालिकाको सहयोगमा घाटु नाँच प्रदर्शन गरिएको हो । कार्यक्रममा आदिवासी तमुहरुको अमृत संस्कृति संरक्षण सम्बन्धी अभिमुखीकरण एवंम घाटु प्रदर्शन गरिएको मिलन ढकालले जानकरी दिए । घाटु प्रर्दशनका साथसाथै लोकदोहोरी प्रतियोगिता लगायत सास्कृति कार्यक्रम भएको उनले बताए ।
सोहि कार्यक्रममा बोल्दै तमु छोंज धिं ह्युला केन्द्रिय उपाध्यक्ष नर बहादुर गुरुङले आफ्नो भाषा, संस्कृति लोप हुर्दै गएकोमा चिन्ता व्यक्त गरे । संस्कृतिको संरक्षण र जगेर्ना गर्न युवाहरु एकजुट भएर लाग्नु पर्नेमा उनले जोड दिए । घाटु नाँच गुरुङ जातीको मात्र नभई सबैको भएको बताउदै नाँच संरक्षणका लागि सरकारले विशेष ध्यानु दिनु पर्ने बताए । गुरुङले आफ्नोृ मौलिक भाषा संस्कृति बचाउन सबै एकजुट भएर लाग्न समेत आवह्यन गरे ।
गाउँपालिका अध्यक्ष विष्णु भट्टले गुरुङहरुको भाषा संस्कृति संरक्षणका लागि गा. पा. प्रतिबद्ध रहेको बताउदै पछिल्लो समयमा देशमा धेरै परिवर्तन आइसकेका र भाषा संस्कृतिलाई जर्गेना जोड दिनुपर्ने बताए । साथै आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले शिक्षा, स्वास्थ्य, र युवा लक्षित कार्यक्रम ल्याउन लागिएको उनले बताए । कार्यक्रममा आदिवासी जनजाती सांस्कृति समितिका अध्यक्ष विष्णु बहादुर गुरुङ, वडा–२ र ४ का वडा अध्यक्ष लाल बहादुर गुरुङ र भीम बहादुर गुरुङ लगायतले मन्तव्य राखेका थिए ।