गड्यौली मल उत्पादनमा किसानको आकर्षण

गड्यौली मल उत्पादनमा किसानको आकर्षण


मङ्लबार, असार ३, २०७६


गड्यौली मल उत्पादनमा किसानको आकर्षण

केशव गुरुङ

गोरखा ः गड्यौली मलले बालीमा राम्रो हुन थालेसँगै यहाँ कृषकहरु गड्यौली मल उत्पादन तर्पm आकर्षित बनेका छन् ।
रासायनिक मल भन्दा गड्यौला मलले बाली फस्टाए पछि गड्यौला मल उत्पादन गर्न थालेको पालुङटार नगरपालिका–८ धुवाकोट झाँक्राकी सुनीत थापाले बताइन् । मल उत्पादन गर्नका लागि खरको छानो भित्र इट्टाको संरचना उनले बनाएकी छिन् । ‘पहिला गाईका मल, पराल कुहियाउछौ, त्यसको १५ दिन पछि गड्यौला हाल्छौ,’ उनले भनिन्, ‘केराको पात पतिङगर टुव्रmाएर गड्यौलालाई खान              दिन्छौ ।’ सामान्यतया गड्यौला हालेको दुई महिनामा गड्यौली मल तयार हुने उनले बताइन् । शहिद लखन गाउँपालिका–२ इम्लुङका खड्क बहादुर थापाले विगत एक वर्ष देखि गड्यौला खेती गर्दै आएका छन् । ‘गड्यौलाले जति खायौ त्यनि नै फाल्ने गर्छ, खाए जति जमिनको सतहमै फाल्छ, यसले माटो पनि मलिलो बनाउछ,’ उनले भने । यसले तरकारी, फलफुल, बोटविरुवा राम्रो भएको उनको ठम्याई छ । गड्यौला मलले बाली राम्रो हुन थाले सँगै छिमेकीहरु पनि गड्यौला मल उत्पादनमा आकर्षित बन्दै गएको उनले             बताए । गड्यौलाको जीवन चव्रm १८० दिनको हुने र ४० दिन भएपछि अण्डा पार्न थाल्ने उनले बताए । एउटा अण्डाबाट दुई देखि तीन वटा सम्म गड्यौला निस्कने उनले बताए । गड्यौलाले मलले माटो मलिलो हुनुका साथै र विरुवालाई पनि फाइदा पुगेको उनको भनाई छ । गड्यौली मल उत्पादन लागि माटोको गुणस्तर, अम्लीय तथा क्षारीयपनालाई कम गर्न किसानलाई प्राविधिक सहयोग गर्दे आएको सहमति नामक संस्थाका कृषि प्राविधिक क्षितिज शर्माले बताए । गड्यौला मलको प्रयोगले माटोको उर्वराशत्तिमा बृद्धि हुने, माटाको खुकुलोपना हुने, पानीको धारण गर्न सक्ने क्षमता     रहेको र यसमा कुनै अन्ध नहुने उनको भनाई छ । गड्यौला मलको राम्रो उत्पादन गर्न सके एक किलोको ५० रुपैयामा विक्रि गर्न सकिने उनले बताए । एउटा गड्यौला एक रुपैया पर्ने गरेको बताउदै एक किलोमा एक हजार जति गड्यौला हुने गरेको उनको भनाई छ । शर्माका अनुसार गड्यौला चितवनको फार्मबाट ल्याइएको हो । मल उत्पादनका लागि छाया र ओसिलो ठाउँ चाहिने उनको  भनाइ छ । गोबर, पराल वा सोत्तर, हरियो झारपातको प्रयोग  पनि गर्नैपर्नेे प्राविधिकहरु      बताउछन् । गोरखा पालुङटार झाँक्राका पाँच, वडा–९ मा पाण्डेबेसीमा दुई, सहिद लखन गाउँपालिका–२ उम्लुङ र ४ को ताक्लुङमा पाँच÷पाँच किसानले गड्यौली मल उत्पादन थालेका छन्




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda