चार स्थानीय तहमा रोजगार कार्यक्रम शुरु : चुमनुव्री र धार्चे गाउ“पालिकामा रोजगार संयोजक नै छैनन्

चार स्थानीय तहमा रोजगार कार्यक्रम शुरु : चुमनुव्री र धार्चे गाउ“पालिकामा रोजगार संयोजक नै छैनन्


शुक्रबार, असार ६, २०७६


चार स्थानीय तहमा    रोजगार कार्यक्रम शुरु : चुमनुव्री र धार्चे गाउ“पालिकामा रोजगार संयोजक नै छैनन्

केशव गुरुङ

गोरखा ः चार स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । बारपाक सुलिकोट, अजिरकोट, आरुघाट गाउपालिका र पालुङटार नगरपालिकामा कार्यक्रम शुरु भएको हो । अन्य स्थानीय तहले कार्यक्रम संचालनको तयारी गरेका छन् ।
बारपाक सुलिकोट गाउँपालिकामा गोरेटो बाटो निर्माण देखि सार्वजनिक शौचालयको निर्माण सम्मलाई प्राथमिकता दिदै कार्यक्रम शुरु भएको छ । उत्त कार्यक्रमका लागी १ हजार पाँच सय ३१ आवेदन परेकोमा एक सय ३१ जनालाई उत्त कार्यक्रममा समेटेको रोजगार संयोजक पार्वती पाठकले बताइन् । दैनिक सात सयका ज्यालादर पाउने गरि २० दिनका लागि उनिहरु खटिनेछन् ।
पालुङटार नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सुचिकृत युवाहरुलाई वडा कार्यालयको वरिपरि घेराबार लगाउने, नाली व्यवस्थापन, वडा कार्यालय जाने बाटो निर्माण कार्यमा लगाएको छ । उत्त कार्यक्रमका लागी नगरपालिकामा  ४० लाख बजेट परेको छ । २३ सय ३३ निवेदनबाट ३ सय ९७ जनालाई    रोजगारका लागि छनौट गरिएको नगरपालिका रोजगार संयोजक विवेक कुमार पण्डितले जानकरी दिए । उनीहरुलाई दैनिक ७ सयका दरले १० दिनका लागि              रोजागारमा लगाएको उनले                  बताए । अजिरकोट गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत मठ मन्दिरको संरक्षण, मर्मत, कुलो निर्माण, सिचाइ,      गोरेटो बाटो निर्माणमा प्राथमिकता दिइएका छन् ।
गाउँपालिका रोजगार संयोजक प्रकाश बस्नेत अनुसार कार्यक्रम लागि  २३ लाख बजेट प्राप्त भएको छ । ११ सय ३७ आवेदन परेकोमा एक सय ४ जना छनौट भएका छन् । उनिहरुले दैनिक सात सयका दरले ज्याला पाउछन । त्यस्तै आरुघाट गाउँपालिका भने लोप हुन लागेको परम्परागत चौतारा मर्मत प्राथमिकतामा राखेको छ । गाउँपालिकाले २ सय ५२ जनालाई चौतारा मर्मतमा लगाएको छ   १० वडामा दुइ वटाको दरले                         चौतारोमा ढुङ्गाको छपनी लगाउने गाउपालिकाले जनाएको छ । गण्डकी गाउँपालिका प्रत्येक वडामा  सडक हेरालु राखेको छ । उनीहरुले नाला व्यवस्थापन, सडक मर्मत तथा बर्खामा सडकमा खसेको                   पहिरो फाल्ने काम लगाउने गाउपालिकाले जनाएको छ । भिमसेन थापा गाउँपालिका र सहिद लखन गाउँपालिकामा भने योजना छनौट कार्य भइहरहेको र केहि दिनमै शुरु गर्ने बताइएको छ ।
रोजगार संयोजक नहुदा   उत्तरी गोरखाको धार्चे र चुमनुव्री गाउँपालिकामा भने कार्यक्रम नै अलपत्र परेको छ । रोजगार संयोजक नहुदा कार्यक्रम सन्चालन कठिनाई भएको धार्चे गाउँपालिका प्रशासकीय अधिकृत बाबुराम पाण्डले बताए । पाण्डेका अनुसार मन्त्रलायबाट नै रोजगार संयोजक नपठाउँदा काम शुरु हुन नसकेको हो  ।  हाल प्रत्येक वडा वडामा         रोजगारका लागि आवेदनको प्रक्रिया भने चलिरहेको उनले बताए । प्रधानमन्त्री रोजगारका लागि                 गोरखामा दुई नगरपालिका र ९ गाउँपालिकामा कुल ३ करोड २४ लाख बजेट विनियोजन भएको छ । कार्यक्रम सन्चालनका लागि ७० प्रतिशत ज्यालामा, २५ प्रतिशत निर्माण सामाग्री, ३ प्रतिशत     औजार र एक प्रतिशत कन्टिन्जेन्सी खर्च गर्नुपर्ने व्यवस्था छ ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda