नेपालका लागि चिनियाँ राजदूत अब ट्वीटरमा
नेपालका लागि चिनियाँ राजदूत अब ट्वीटरमा
नेपालका लागि चिनियाँ राजदूतको औपचारिक गतिविधिको जानकारी अब ट्वीटरबाट पनि थाहा पाइने भएको छ ।
चीन सरकारले ट्वीटर, फेसबुक जस्ता सामाजिक सन्जालमा प्रतिबन्ध लगाए पनि नेपालको लागि चिनियाँ राजदूतावासले राजदूत होउ यान्छीको भने ट्वीटर अकाउन्ट खोलेको छ । उनको ट्वीटर ह्याण्डल @PRCAmbNepal हो । यसमा उनका कार्यक्रमबारे जानकारी दिइने छ ।
यसमा नेपालका लागि चिनियाँ राजदूत यान्छीले पहिलो पटक दक्षिण एसियाको विकास र समृद्धिको लागि बेल्ट एण्ड रोड सम्बन्धी एक गोष्ठीको तस्वीरसहित आफ्नो संक्षिप्त भनाइ ट्वीट गरेकी छन् ।
यो कार्यक्रममा सहभागी हुन पाउँदा आफूलाई खुसी लागेको बताउँदै उनले छिमेकी र दक्षिण एसियाली देशहरुको सामाजिक तथा आर्थिक विकासका लागि चीनले साझेदारी गर्ने जानकारी दिएकी छन् ।
नेपालस्थित चिनियाँ राजदूतावासको वेबसाइट पनि छ । त्यहाँबाट पनि बिभिन्न सूचना र गतिविधिको जानकारी पाइन्छ ।
by onlinekhabar